Powered by Blogger.
ईपीएस कोरियन भाषा परीक्षा सुरु, नतिजा असोज २० मा

काठमाडौँ, २ असोज ।

इपीएस कोरियन भाषा परीक्षा शनिबारदेखि सुरु भएको छ । शनिबार र आइतबार हुने परीक्षाको परीक्षाफल असोज २० गते प्रकाशित हुने छ ।

परीक्षा उपत्यकाका १५ र पोखराको तीन केन्द्रमा सञ्चालन भइरहेको छ । परीक्षामा सहभागी हुन ५१ हजार एक सय ३७ जना परीक्षर्थीले आवेदन दिएका छन् । पोखराबाट चार हजारले परीक्षा दिनेछन् । बाँकी आवेदकले  उपत्यकाका विभिन्न १५ परीक्षा केन्द्रबाट परीक्षा दिइरहेकाछन् । परीक्षा दुई–दुई सिफ्टमा सञ्चालन हुने छ । पहिलो सिफ्ट बिहान ८ः३० मा सुरु भएर ११ः१० मा सकिने छ ।

यस्तै दोस्रो सिफ्ट १ः०० बजे सुरु भई ३ः४० मा सकिने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । परीक्षा सञ्चालन गर्न एचआरडी कोरियाका उपाध्यक्षको नेतृत्वमा ५२ जनाको टोली काठमाडौं आइसकेको छ । जसमध्ये पाँच जनाको टोली पोखरा गएको कोरिया शाखाका निर्देशक डिल्ली राम बास्तोलाले बताए ।

२० असोजमा परीक्षाफल प्रकाशित गर्ने र त्यसपछि स्वास्थ्य परीक्षण गरिने छ । स्वास्थ्य परीक्षण पछि स्किल टेष्ट हुने कोरिया शाखाले जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.