Powered by Blogger.
जिरीमा भाइरल ज्वरोका बिरामी बढे

दोलखा, २ असोज ।

बदलिदो मौसमसँगै जिल्ला अस्पताल जिरीमा भाइरल ज्वरोका बिरामीको चाप बढेदै गएको छ । दैनिकजसो सय जनाभन्दा बढी बिरामी आउने अस्पतालमा एक तिहाइ बिरामी भाइरल ज्वरोबाट सङ्क्रमित रहेको जिल्ला अस्पताल जिरीका डा. निसान्त ढकालले बताए ।

भाइरल ज्वरोबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । भाइरल ज्वरोको आयु सात दिनको भए पनि कहिलेकाहीँ यसले महामारीको रुप लिन सक्ने हुँदा सर्वसाधारणलाई सचेत रहन र समयमै स्वास्थ्यकर्मीको सल्लाह लिई उपचार गर्न अस्पतालले सुझाव दिएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.