Powered by Blogger.
व्यवसायी भन्छन्, ‘ठमेल सुरक्षित छ’

काठमाडौँ, २ असोज ।

१२ वैशाखमा आएको भूकम्पका कारण पर्यटकको राजधानी ठमेल असुरक्षित रहेको हल्ल चलेको भन्दै स्थानीय व्यवसायीले ठमेल सुरक्षित रहेको दावी गरेका छन् । ठमेलमा रहेको पर्यटन व्यवसायीहरुले आफु पर्यटकलाई सेवा दिन आतुर रहेको बताए ।

ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको ‘भूकम्पपछिको ठमेल’ विषयक अन्तक्रियामा बोल्दै स्थानीय व्यवसायीहरुले सो सन्देश दिएका हुन् । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव दीनेश कुमार थपलियाले ठमेलको विकास गर्न योजनाबद्ध कार्यक्रम ल्याउन पर्यटकीय संघसंस्थाहरु र व्यवसायीहरुलाई अपिल आग्रह गरेका छन् ।

मुलुकको पर्यटन विकास निजी र सरकारी क्षेत्रको संयुक्त सहकार्यबाटमात्र सम्भव रहेको धारणा व्यक्त गरे ।  निजी क्षेत्रले आफैँभित्रको आन्तरिक द्धन्द्धलाई समाधान गरेर अगाडी बढनुपर्ने थपलियाको भनार्ई थियो । ‘निजी क्षेत्र योजनावद्ध ढंगले कार्यक्रमसहित आएको खण्डमा मन्त्रालय जस्तोसुकै सहयोग गर्न पनि तयार छ ।’ थपलियाले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधारका लागि मन्त्रालय लागिरहेको छ । विकासको काममा मन्त्रालयबाट बजेट विनियोजनमा अवरोध हुदैन ।’ उनले ठमेलको विकासका सहयोग गर्न मन्त्रालय तयार रहेको विश्वास दिलाए ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले ठमेलको पर्यटन प्रवद्र्धनमा देखिएका शान्तिसुरक्षा, विद्युत, सडकलगायतका समस्याको समाधानका लागि सरकारले पहल थाल्नुपर्ने बताए । पर्यटन बोर्डले विभिन्न समस्यका कारण चाहेर पनि धेरै काम गर्न नसकेको भन्दै यो वर्ष ठमेलको विकासका लागि सक्दो प्रयास गर्ने जानकारी गराए । ठमेलको पर्यटन प्रवद्र्धनका लागि बृहत्तर ठमेल महोत्सवको आवश्यकतासमेत सापकोटाले औँल्याए ।

कार्यक्रममा महानगरिय ट्राफिक प्रहरी महाशाखाका डिआईजी जयबहादुर चन्दले ठमेललगायत पर्यटकीय क्षेत्रहरुको शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनका लागि काम भैरहेको जानकारी दिए । ठमेललाई २४ सै घण्टा सञ्चालन गर्नु अत्यान्तै जरुरी भए पनि विविध कारणबस् सो गर्न नसकिए पनि यसमा प्रयासरत् रहेको विश्वास दिलाए ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय पर्यटन व्यवसायी संघ (नीट नेपाल)का अध्यक्ष दीपक महतले व्यवासयीहरु राजनीतिक रुपले नभई पेसागत ढंगबाट अगाडी बढनुपर्ने भन्दै सार्वजनिक –निजी सहकार्यबाटमात्र मुलुकको पर्यटन विकास सम्भव रहेको धारणा व्यक्त गरे । नेपाल  एसोसियसन अफ ¥याफ्टिङ एजेन्ट्स (नारा)का अध्यक्ष चन्द्र दाहालले भूकम्पका कारण ठमेलमा १५ प्रतिशतमात्र क्षति पुगेको र पर्यटन व्यवसायीरु पर्यटकलाई सेवा र सुविधा दिन तयार रहेको बताए ।

कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले भूकम्पले ठमेलमा अत्यन्तै न्यून असर पारेको भन्दै सोको यर्थाथ सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउनुपर्ने बताए । ठमेलको विकासका लागि आफूले ल्याएका योजना र भएका पहलहरुको बारेमा चर्चा गर्दै आगामी दिनमा यसको बृहत्तर विकासका लागि परिषद् लागीपर्ने दावी गरे ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.