Powered by Blogger.
संविधानमा हस्ताक्षर सुरु



काठमाडौँ, १ असोज ।

संविधानसभाबाट पारित नेपालको संविधान, २०७२ मा सभासद्हरुको हस्ताक्षर कार्यक्रम सुरु भएको छ । बिहान ९ बजेदेखि संविधानसभा भवन नयाँबानेश्वरमा सुरु भएको हस्ताक्षर कार्यक्रम दिउँसो ३ बजेसम्म चल्नेछ ।

संविधानसभा भवनको ल्होत्से हलमा सभाध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा कार्यक्रम सुरु भएको हो । हस्ताक्षर गर्ने पहिलो लहरमा सभासद् जीवनबहादुर शाही, गङ्गालाल तुलाधर, रामेश्वर फुयाँल, जितु गौतमलगायत हुनुहुन्छ ।

 कुल १० वडा डेस्कमा सभासद्हरुको वर्णानुक्रमअनुसार संविधानका अनुसूचीअन्तर्गत राखिएका सभासद्हरुको नामावलीको सूचीमा हस्ताक्षर भइरहेको छ ।

नेपाली कागजमा मुद्रण गरिएको पाँचप्रति संविधानमा हस्ताक्षर हुनेछ । हस्ताक्षर क्रम सकिएपछि सभाध्यक्ष नेम्वाङले प्रमाणीकरण गर्ने कार्यक्रम छ । गत भदौ ३० गते पारित भएको संविधानमा बिहीबार शुद्धाशुद्धि हेर्ने काम सकिएको थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.