Powered by Blogger.
दोलखामा आठजनालाई देखियो सिजनल फ्लु

दोलखा, ३० भदौ । 
१२ वैशाखमा आएको भूकम्प, २९ वैशाखमा दोलखा जिल्ला केन्द्रविन्दु बनाएर आएको र त्यसपछि निरन्तर आईरहेको पराकम्पनले दोलखाबासी अझै त्रसित छन् ।

भूकम्पको असर कायमै रहदाँ पहिरोले पनि दोलखाबासी लाई त्रसित बनायो । बदलिदो मौसम सँगै विभिन्न रोग देखापरेका छन् । यसले पनि दोलखाबासीलाई झनै त्रसित बनाउदै लगेको छ ।  पछिल्लो समयमा आठ व्यक्तिलाई सिजनल फ्लुको सङ्क्रमण देखा परेको छ ।

भूकम्पले बासस्थान भत्काएपछि अस्थायी टहरामा बस्दै आएका आठ जनामा सिजनल फ्लुको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बुधबार पत्रकारसम्मेलन आयोजना गरेर कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले उक्त कुराको जानकारी गराएका हुन ।

रुघाखोकी र ज्वरो आएको भन्दै केही व्यक्तिको स्वास्थ्य परीक्षण गर्न आए गेलालले भने ,‘ परीक्षणका क्रममा आठ जनालाई सिजनल फ्लुको सङ्क्रमण देखियो ।’

आठ जनालाई एचवानएनवान पोजेटिप देखिएको छ । गेलालका अनुसार परीक्षण गरेका मध्ये बढ भीमेश्वर नगरपालिकोको वडा नम्बर १ र २ का बढी छन् । आयोजित पत्रकार सम्मेलनमा डा गेलालले गाउँगाउँमा पनि यसको समस्या देखिएको बताउँदै स्थानीयलाई जोगिन अनुरोध गरे ।

जिल्लाको २७ स्वास्थ्य संस्थाहरुमा गरिएको सर्वेक्षणअनुसार जिल्लामा एक सय ७ जनामा यसको लक्षण देखिएको बताए । तीमध्ये आठजनालाई पोजिटिप देखिए पनि अन्य बिरामीमा सामान्य भएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको बताए ।

सङ्क्रमण फैलिनुको मुख्य कारण भनेको भूकम्पपछि घर भत्किएर अस्थायी टहरामा सामूहिक बसाइ, सरसफाइमा ध्यान नदिनु, पशुपन्छीलाई सफासुघर नगर्नु नै रहेको कार्यालयको भनाइ छ ।

सङ्क्रमणबाट बढीमात्रामा बालबालिका, गर्भवती महिला र ६५ वर्षभन्दा बढी उमेर समूहका व्यक्तिलाई प्रभावित गर्ने भएकाले सचेत रहन र खानपानदेखि सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.