Powered by Blogger.
दोलखामा बढ्यो पशु बिमा गर्नेको सङ्ख्या

दोलखा, ३० भदौ ।
१२ वैशाखमा आएको भूकम्प र त्यसपछि निरन्तर आइरहेका पराकम्पनका कारण पशु बिमा गर्ने कृषकको सङ्ख्या वृद्धि भएको छ ।

१२ वैशाखको भूकम्पपछि हालसम्म साढे दुई करोड रुपैयाँ को पशुबिमा भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । भूकम्पका कारण जिल्लाको करिब २० हजार पशु पन्क्षीको क्षति भएपछि साँवा नै गुम्ने स्थिति रहेको भन्दै पशुपालकले पशु विमा गराएका हुन् ।

जिल्लामा एक हजार २७ पशुको दुई करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको बिमा गरिएको पशु सेवा कार्यालयका प्रमुख डा तेजबहादुर रिजालले बताउनुभयो । पहिलोपटक दुईवटा गोरुको समेत बिमा गरिएको छ ।

बाख्रा ७१२, चौंरी १८१, बङ्गुर ६८, गाई ४९, भैंसी १५र गोरु दुई वटाको बिमा गरिएको पशु स्वास्थ्य प्राविधिक कमल पराजुलीले जानकारी दिनुभयो । छिमेकी पशुपालकले पशु बिमावापतको भुक्तानी तत्काल पाएको कारण लगानीको सुरक्षणको लागि विमातर्फ आकर्षित हुन थालेको कृषकहरू बताउँछन् ।

भूकम्पको कारण मृत्यु भएका पशुहरूमध्ये जिल्लाको श्यामा गाविसको दुई चौंरीको बिमावापत ९० हजार रुपैयाँ भुक्तानी दिइएको पशु सेवा कार्यालयले दोलखाले बताएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.