Powered by Blogger.
भूकम्प प्रभावित जिल्लामा सामुदायिक बीउ भण्डारण केन्द्र


काठमाडौं, २९ भदौ ।
कृषि विकास मन्त्रालयले भूकम्प प्रभावित जिल्लाहरुमा ५०  सामुदायिक बीउ भण्डारण केन्द्र स्थापना गर्ने भएको छ ।

भूकम्प प्रभावित क्षेत्रका कृषकलाई खाद्यान्न तथा  तरकारीलगायत कृषिजन्य वस्तुको बीउबिजन निःशुल्क उपलब्ध गराउन भन्दै मन्त्रालयले केन्द्र  सञ्चालनमा ल्याउन लागेको हो ।

भूकम्पका कारण प्रभावित क्षेत्रमा अधिकांश किसानलाई समस्या परेकाले उनीहरुलाई कृषि उत्पादनमा आकर्षण गरी जीवन स्तरमा सुधार ल्याउन यस किसिमको सहयोग गर्न लागिएको छ ।

केन्द्रमा खाद्य तथा तरकारीका बीउबिजन सुरक्षित गरी किसानालाई उपलब्ध गराइने छ । कृषकलाई बीउबिजनका अतिरिक्त समयमै मलको व्यवस्था मिलाउने तथा सर्वसुलभ मूल्यमा सक्दो अनुदानसमेत उपलब्ध गराउने गृहकार्य भइरहेको सह–सचिव उदयचन्द्र ठाकुरले बताए ।

अति प्रभावित १४ जिल्ला तथा त्यस वरपरका १० जिल्ला गरी २४ जिल्लामा स्थापना हुने ती केन्द्रबाट ठूलो सङ्ख्यामा कृषक लाभान्वित हुने छन् । उनीहरुका उत्पादनलाई समुदायमा लगेर बजारीकरण गर्न जिल्ला कृषि विकास कार्यालयले समेत सहयोग गर्ने छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.