Powered by Blogger.
दोलखामा सिजनल फ्लु देखियो

दोलखा, २९ भदौ । 

रुघाखोकी, ज्वरो र निमोनियाको प्रकोप बढेपछि नमूना परीक्षण गर्दा आठ जना एच १ एन १ विरामी भेटिएपछि जिल्लाभर सतर्कता अपनाउन अनुरोध गरिएको हो । उच्च ज्वरो आउने, खोकी लाग्ने, घाटी दुख्ने विरामीको संख्या बढेपछि नमूना परीक्षण गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल दोलखामा ११ सय ७ जना बिरामीको उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालका अनुसार नगर क्षेत्रमा प्रकोप व्यापक छ । जिल्लाको मुख्य केन्द्र प्राथमिक उपचार केन्द्र चरिकोटमा मात्र ४ सय ७३ जना बिरामीले उपचार गराएका छन् । नगरकै दोलखा हेल्थपोष्टमा १ सय ६४ जना, गौरीशंकर जनरल अस्पताल र क्लिनिकमा १ सय ६६ जना, च्छोरोल्पा अस्पतालमा १३ जना, दोलखा सामुदायिक अस्पतालमा ५ जना विरामीले जचाँएका छन् ।

वरिष्ट जनस्वास्थ्य अधिकृत डा। खगेश्वर गेलालले रोगीहरुमध्ये इन्फ्लुएन्जा देखिएपछि रोगबाट बँच्न सचेत गराउने कार्यक्रम चलाइएको बताए । हात नमिलाउन, अंकमाल नगर्न, हाँछ्यू गर्दा छोप्न अनुरोध गरे । रुघाखोकी, ज्वरो, घाटी दुख्ने विरामीले तुरुन्त स्वास्थ्य संस्थामा जचाँउन र रोग निको नभएसम्म छुट्टै कोठामा आरम गरेर बस्न पनि जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

नगरवाहिर सुनखानी गाविसमा यसको प्रकोप व्यापक छ । त्यहाँको स्वास्थ्य केन्द्रमा हालसम्म १ सय ३४ जना विरामीले उपचार गराएका छन् । सहरे किर्नेटारमा ४० जना विरामी देखिएका छन् । सुन्द्रावतीमा पनि ३२ जना बिरामी देखिएका छन् । उत्तरी गाउँ बाबरेमा विरामीको संख्या ४७ पुगेका छन् । नाम्दू र मेलुङ हेल्पपोष्टमा पनि विरामी देखिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले विद्यालयहरुमा वालवालिकालाई संक्रमणबाट जोगाउन थप होसियारी अपनाउन अनुरोध गरेको छ । रुघाखोकी र ज्वरो व्यापक देखिए आवश्यकता परे केही दिन विद्यालय बन्द गर्नसमेत विद्यालयहरुलाई अनुरोध गरेको छ । बालबालिका, बृद्धबृद्धव र प्रतिरोधात्म क्षेमता कम भएकालाई रोगको संक्रमण वढी हुन्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.