Powered by Blogger.
आर्थिक अनियमितताले टानकोे निर्वाचन हुन सकेन : अध्यक्ष रिजाल


काठमाडौँ, २८ भदौ ।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)मा चरम आर्थिक अनियमितता भएका कारण समयमा नै निर्वाचन गर्न नसकेको राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र प्रसाद रिजालले आरोप लगाए ।

प्रत्येक दुई÷दुई वर्षमा आर्थिक वर्षको दुई महिना भित्रमा कार्यसमितिको निर्वाचन गर्नु पर्ने र १५ दिन अगाडि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नु पर्ने टानको विधानमा  व्यवस्था छ, अध्यक्ष रिजालले भने,‘वर्तमान कार्यसमितिले अघिल्लो साधारण सभामा हिसाब र्फस्योट गर्न सकने, अहिले पनि सोही कारण समयमा निर्वाचन नभएको हो ।’

टानमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय (सिडियो) मार्फत पत्र काटेकाले पनि निर्वाचनको मिति तय गर्न समस्या भएका रिजालको दावी छ ।  कार्यसमितिका पदाधिकारीले विषेश परिस्थिति भन्दै देखाँउदै निर्वाचन सहितको साधारण सभा स्थागन गर्न लागेका छन्, अध्यक्ष रिजालले भने,‘निर्धारित समयमा नै निर्वातचन नगरेको खण्डमा दबाब सृजना गर्न हस्ताक्षर संकलन गरेर सिडियो कार्यालयमा जाने छौं ।’

उनले टानको विधानअनुसार प्रत्येक दुई वर्षमा गर्नुपर्ने साधरणसभा र निर्वाचन सम्पन्न गर्नका लागि एकतावद्ध भएर दवाव सृजना गर्न व्यवसायीहरुलाई आह्वान गरेका छन् । अघिल्लो पटक सेप्टेम्बर २१ मा निर्वाचन सम्पन्न भएको थियो, अघिल्लो निर्वाचनको समयमा निर्वाचन गर्न एक साता मात्र बाँकी छ, अहिले सम्म निर्वाचन कार्यतालिका समेत सार्वजनिक भएको छैन ।

आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रिजालले टानका क्रियाकलापहरु पारदर्शी ढंगले सञ्चालन नभएको बताउँदै भूकम्पपछिको पर्यटनमा देखिएका समस्याहरुको समाधानमा पनि संस्था चुकेको आरोप लगाए ।
संवैधानिक व्यवस्थालाई ख्याल गरी अविलम्ब साधारणसभाको मिति घोषणा नगरिएमा उत्पन्न परिस्थितिको जिम्मेवार टानको कार्यसमिति नै हुनु पर्ने उनको धारणा छ ।

 पदयात्रा व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको टानको निर्वाचन मिति स्वार्थवस घोषणा नगरिएको भन्दै उक्त विषयमा पर्यटन व्यवसायीहरुको गम्भिर चिन्ता र चासो रहेको संगठनको ठहर छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.