Powered by Blogger.
पर्यटन प्रवर्दन गर्न दिर्घकालीन नीति आवश्यक : मन्त्री शेर्पा



काठमाडौं, २८ भदौ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री कृपासुर शेर्पाले पर्वतारोहण क्षेत्रको विकासका निम्ति दीर्घकालिन नीति आवश्यक रहेको बताए । नेपाल पर्वतारोहण संघ (एनएमए)को २५औं केन्द्रीय वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री शेर्पाले उक्त कुरा बताएका हुन ।

समयसापेक्षित नीतिसँगै पूर्वाधार निर्माणका निम्ति सरकार योजनाबद्ध तरिकाले अघि बढिरहेको बताउँदै भूकम्पपछि अन्यौलग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थान गर्न निजी व्यवसायीहरुलाई उत्साहित गर्ने खालका कार्यक्रम ल्याउने जानकारी गराए । मन्त्री शेर्पाले पर्यटन पुर्नउत्थनका लागि नीजि क्षेत्रलाई प्राथमिकतामा राखिएको जनाउदै पर्यटन प्रवद्र्धन र विकासको लागि अहिलेको व्यवस्थालाई परिमार्जन गरी भ्याट र ट्याक्स लगायतमा छुट दिनेसम्मका कार्यक्रम ल्याउने आश्वासन दिए ।

कार्यक्रममा पूर्व पर्यटन राज्यमन्त्री याङकिला शेर्पाले नेपालको पर्वतारोहणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने कुरामा एनएमएको भूमिका अतुलनीय रहेको दावी गरे । उनले पछिल्लो समय पर्वतारोहण र सिंगो पर्यटनप्रति नकारात्मक धारणाहरुसमेत सुन्नमा आएको बताउँदै प्रति प्रश्न गरे, ‘किन यस्तो भइरहेको छ ?’ पर्यटन विकासका लागि निजी क्षेत्र एक ढिक्का भएमात्रै सम्भव रहेकोमा उनको धारणा छ ।

कार्यक्रममा । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमलाले टान र एनएमएको सम्बन्ध अन्योन्याश्रित रहेको बताउँदै आगामी दिनमा यसलाई थप बढावा दिनुपर्नेमा जोड दिए । निजी क्षेत्र एक ठाउँमा उभिएमात्रै सरकारले पर्यटन व्यवसाय र व्यवसायीहरुलाई चिन्ने धमलाको भनाइ छ ।

कार्यक्रममा एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले सबै संघसंस्थासँग एनएमएको समुधुर सम्बन्ध रहेको बताए । उनले पर्वतारोहीहरुको हकहितका लागि स्थापित कोषमा अहिलेसम्म २ करोड रहेको र आगामी डेढ वर्षमा यसलाई दोब्बर बृद्धि गर्ने लक्ष्य रहेको बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.