Powered by Blogger.
मधेश आन्दोलन हामीलाई भारतले लगानी गरेको छैन : कर्ण


काठमाडौँ, ५ असोज ।

नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेश आन्दोलन भारतको लगानीमा नभएको दावी गरेका छन् । एक  कार्यक्रममा बोल्दै कर्णले नेपालका नेता र मन्त्रीलेसमेत मधेशका नागरिकको सहयोगमा भएको आन्दोलनलाई भारतको सहयोगमा गरिएको आन्दोलन भन्नु गलत भएको टिप्पणी समेत गरे । 

चुनाव जितेका राष्ट्रिय नेताहरु हुँ भन्नेले समेत मधेशका नागरिकहरु मार्दै संविधान जारी गरेको र त्यस क्षेत्रमा जाने आँट गर्न नगरेको भन्दै मधेशीको भावना बुभ्mन नसके त्यसको परिणम दर्दनाक हुने बताए । तीन नेता मधेश, जनजाती, दलीत लगायतकाहरुको नेता नभएको भन्दै प्रक्रियालाई केहि समय लम्ब्याँउदै आफूहरुलाई वार्ताको आह्रवान गरिएको भन्ने भनाईमा सत्य नभएको र तीन नेताहरुले संविधान जारीको नाटक मञ्चन गरेको आरोप उनको छ । 

भारतीय राजदुताबासमा नपुग्ने कुनै नेता नभएको उल्लेख गर्दै उनले भने, ‘मधेशका नेताहरुलाई लैनचौर जान सरकारले निषेध गरेको छ ।’ तराईमा दगां क्षेत्र घोषणा गरेर भएपनि एमाले अध्यक्ष  केपी शर्मा ओलीका बिशेष दुत प्रदिप ज्ञवालीमार्फत ओलीलाई प्रधानमन्त्री बनाईदिन दिल्लीका गल्ली गल्ली धाइरहेको उनको दावी छ । कर्णले भने ‘ठूला दलका नेताले भारतीय राजदूतदेखि नेतासम्मलाई चाकडी गर्दा केहि नहुने तर मधेशी नेताहरुले समर्थन पाउँदा गलत ब्याख्या गर्ने ।’ 

उनले नोबेल र संविधान लेख्न जती सजीलो छ त्यसलाई कार्यान्वयन गर्न त्यतीकै जटिलता भएको भन्दै संबिधानले त देशका प्रमुख बिषय समेट्न सकेको छैन त्यसैले यो संविधान लाखौ जनताले मधेशमा जलाईरहेका छन् भने काठमाडौंमा समेत जलिरहेको छ ।

मधेश अन्दोलनमा सरकारको गोली लागेर मरेकाहरुलाई १० लाख दिने घोषणा गर्नु गलत भएको र मान्छेको मूल्य तोकेको भन्दै उहाँले सहित घोषणा गर्नु पर्नेमा जोड दिए । अर्को प्रशंगमा तराईका राजनीतिक दलहरुले अन्दोलनका क्रममा मारिनेलाई पचास लाख दिने घोषणा प्रादेशिक सरकारको घोषणसँगै सहिद घोषण र परिवालाई  विभिन्न खालका सहुलियत दिने बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.