प्रहरीको गोली लागेर प्रहरीको मृत्यु

सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा प्रहरी चौकीमा प्रहरीले नै गोली प्रहार गर्दा अर्का प्रहरीको मृत्यु भएको छ ।
गएराति १० बजे जिल्लाकै सुनखानी गाविस निवासी प्रहरी जवान अशोक बरालले थ्री नट थ्री राइफलले गोली प्रहार गर्दा जिल्लाकै पुल्चोक गाविस निवासी प्रहरी जवान रेशमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताए ।
घटनाको जानकारी पाएपछि घटनास्थल पुग्नुभएका प्रनाउ अधिकारीका अनुसार पेटमा गोली लागी घाइते भएका थापाको प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत थप उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।
शवपरीक्षणका लागि जिल्ला सदरमुकाम चौतारामा सोमबार राति ल्याइएको छ । दुबै प्रहरी एकआपसमा मिल्ने साथी भएको बुझिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ भने गोली प्रहार गर्ने बराललाई नियन्त्रणमा लिने प्रयास भइरहेको अधिकारीले बताए ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.