Powered by Blogger.
संविधान जारी पश्चात नेताको फरक - फरक प्रतिक्रिया, डा. भट्टराई कडकिए


सोभित थपलिया

काठमाडौँ, ३ असार । 

संविधान सभाबाट निर्माण भएको संविधान राष्ट्रपति डा. रामवरण यादवले जारी गरेपछि विभिन्न राजनीति दलका नेताहरुले एकै खालको प्रतिक्रिया दिएका छन् । नेताहरुले  नेपालमा ६५ वर्ष पछि जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको संविधान निर्माण गरेको बताए । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै नेपाली कांग्रेसका उप सभापति राम चन्द्र पौडेलले ‘नेपालको संविधान २०७२’ दक्षिण एसियाकै प्रगतिशिल संविधान भएको बताए ।

‘संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले आदिवासी, जनजाती, मधेसी, दलित, थारु लगायत सबैको अधिकार सुनिश्चित गरेको छ,’ पौडेलले भने,‘ संविधान भनेको  कल्प बृक्ष हो, संविधानले दिएका अधिकारको रक्षा गर्नुपर्छ र संविधानलाई कार्यान्वयनमा ल्याउनु पर्छ ।’ जारी संविधानमा केही अपुग हुनसक्छ, सबै मिलेर अरु सबृद्व बनाउनु पर्ने पौडेलको भनाई छ । संविधानले अधिकार दिएको जानकारी गराउदै कर्तव्य पुरा गर्न सबैलाई आग्रह समेत गरेका छन् ।


यता एमाओवादी नेता डा. भट्टराईले इतिहासमा पहिलो पटक जनताको सपना साहाकार भएको प्रतिक्रियण दिए । जारी संविधानले जनता सर्वधौम सत्तासम्पन्न बनेको उनको भनाई छ । संविधान जारी भईरहदाँ आधा जनसंख्या आन्दोलीनमा रहेको भन्दै  नेपाली जनता पुर्ण खुसी हुन नसक्ने भट्टराईको तर्क छ । संविधान जारी भईरहदाँ केही समुदाय आन्दोलनमा रहेको भन्दै उनीहरुलाई मिलाएर लगेपछि मात्र दीपावली मनाउनु पर्ने भट्टराईको भनाई छ ।


यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान जारी हुदाँ मधेसी दल नआउनु सन्तोपुर्ण नभएको बताए । उनीहरुको आन्दोलनलाई पनि सम्बोधन गर्नु पर्ने र आन्दोलनरत पक्षलाई मुलधारमा ल्याउन प्रयास गर्न आग्रह गरेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.