Powered by Blogger.
कामदारको स्वास्थ्य प्रति इमान्दार बन्नु : देउवा

काठमाडौँ, १८ भदौ ।

पुर्व प्रधानमन्त्री एव नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले स्वास्थ्य व्यवसायीलाई इमान्दार भएर कामदारको स्वास्थ्य परिक्षण गर्न आग्रह गरेका छन् । कुल ग्राहस्त उत्पादन (जिडीपी)को २६ प्रतिशत योगदान दिने युवाको स्वास्थ्यलाई मध्येजनर गर्दै उनीहरुको स्वास्थ्यमा प्रतिकुल आउनेगरि स्वास्थ्य परिक्षण नगर्न समेत आग्रह गरेका छन् ।

स्वास्थ्य व्यवसायी महासंघको १० औ वर्षिक साधारण सभाको उद्घाटन गर्दै देउवाले सो कुरा बताएका हुन । वैदेशिक रोजगारीका कारण ६ सय खर्ब रेमिट्यान्स भित्रिएको छ, देउवाले भने,‘६ सय खर्ब भनेको सानो पैसा हैन,देशको व्यापारघाटा बढी रहेको समयमा विदेशमा गएर काम गर्ने युवाको हितमा प्रतिकुल हुने कुनै काम नगरौ ।’ कुनै पनि नेपाली स्वास्थ्य परिक्षणका कारण स्वदेश फर्कने वाताबरणको तत्काल अन्त्य गरि इमान्दार, बिना प्रतिस्पर्धा, पर्यादित भएर कामदारको स्वास्थ्य परिक्षण गर्न समेत उनको आग्रह छ ।

कार्यक्रममा श्रम तथा रोजगार राज्य मन्त्री टेक बहादुर गुरुङले कामदारको हितमा काम गर्न कुनै पनि कसुर बाँकी नराख्ने र गलत काम गर्ने जो–कसैलाई पनि नछाडने अडान कसे । वैदेशिक रोजगारीको क्षेत्रमा तीन वटा समस्या छन्,राज्य मन्त्री गुरुङले भने,‘स्वास्थ्य परिक्षणमा लापरबाही, अभिमुखीकरण व्यवसायीको गैर जिम्मेवारी र म्यानपावर व्यवसायीले मनलाग्दी पैसा उठाउने ।

मनलाग्दी पैसा उठाउने क्रम बन्द गर्नकालागि फ्रि भिषा, फ्रि टिकट लागु गरेको हो ।’ गलत स्वास्थ परिक्षण गर्ने, कामदारलाई नपढाई प्रमाणपत्र दिने र कामदारसँग बढी शुल्क असुल्ने म्यानपावरलाई कारबाही गर्न अनुगमनको काम प्रभावकारी रुपमा भइरहेको उनको भनाइ छ । विदेशमा जाने गरिब नेपाली हुन, उनीहरुले चर्को ब्याजदरमा ऋण लिएर विदेश गएका हुन्छन्, राज्य मन्त्री गुरुङले प्रतिप्रश्न गरे, ‘ति गरिब कामदार स्वास्थ्य परिक्षणमा फेल भएर नेपाल फर्के त्यसको जिम्मेवारी कसले लिन्छ रु त्यसैले उनीहरुको स्वास्थ्य प्रति सबै संवेदनशिल बनीदिनुहोला ।’ उनले थपे म धेरै बोल्दीन, म बोल्ने भन्दा काम धेरै गर्छु, त्यसैले गरिब कामदारको अहित हुने काम जो कसैले गर्छ भने त्यो मलाई मान्य हुने छैन ।

कार्यक्रममा नेकपा ९एमाले०का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराइले वैदेशिक रोजगारी भन्दा पनि नेपालीलाई स्वदेशमा रोजगारी सृजना गर्ने काममा लाग्नु पर्ने बेला आएको धारणा राखे । भट्टराइले भने,‘गन्तव्य मुलुकमा कुनै न कुनै किसिमले द्वन्द मच्चिएर ती युवा स्वदेशमा फर्किए उनीहरुलाई स्वदेशमा कसरी रोजगारी दिने, रोजगारी नदिए विकराल समस्या सृजना हुन्छ, त्यसैले अब स्वदेशमा नै रोजगारी दिने विषयमा संवेदनशिल हुनु पर्छ ।’

नेपालका कुनै मल्टीनेशनल कम्पनी नखुलेको र नेपाली व्यवसाय बामेसर्दै गरेको अवस्थामा वैदेशिक रोजगारी बाध्यता भएकाले कसैले पनि नक्कली सर्टिफिकेट जारी गरेर कामदारलाइ समस्यामा नपार्न आग्रह गरे । यसकालागि राज्यले पनि सहयोग गर्नु पर्ने उनको धारणा छ ।

वैदेशिक रोजगार प्रवर्दन बोर्डका कार्यकारी निर्देशक रघुराज कफ्लेले वैदेशिक रोजगार ऐन २०६४ संसोधनका क्रममा रहेको र संसोधित ऐनमा कामदार बिचमा फर्केको खण्डमा उसको घरबाट निस्केदेखिको खर्च गल्ती गर्ने संस्थाले क्षतिपुर्ति व्यहोर्ने ऐन बन्ने बताए । यस्तै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले कामदारको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य संस्था र अमिुखीकरण व्यवसायी महासंघका सदस्यलाई कुनै पनि म्यानपावर व्यवसायीले कमिशन मागेको खण्डमा संघलाई जानकारी गराए तत्कालै कारबाही गर्ने उदघोष गरे ।

आफुले गरेको गल्तीमा संघलाइ नदेखाउन आग्रह गर्दै अध्यक्ष ढकालल भने,‘कमिशन दिदै कार्मेटिङ गर्ने बानी स्वास्थ्य संस्था र अभिमुखीकरण व्यवासयीहरुले नगर्नु ।’वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष पुर्ण बहादुर मल्लले अभिमुखीकरण र स्वास्थ्य संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेका कारण विभिन्न समस्या सृजना देखिएको बताए । म्यानपावर व्यवसायीले कमिशन माग्ने र कमिशन नदिए व्यापार नदिने गरेका कारण समस्या सृजना भएको दावी गरे ।

अभिमुखीकरण व्यवसायीले कामदारलाई पढाउदाँ म्यानपावरमा पैसा दिएपछि रसिद लिनु पर्छ,४००१ मा एसएमएस गरेपछि श्रम स्विकृत निस्केको वा ननिस्केको जानकारी पाउन सकिने भनेर पढाउदा व्यसायीले थर्काउने गरेको उनको दावी छ । कामदारले सबै कुुरा थाहापाए समस्या हुने भएकाले व्यवासयी डराउने गरेको उनको दावी छ । कार्यक्रममा स्वास्थ्य व्यवसायी महासघका वरिष्ठ उपाध्यक्ष सिताराम रेग्मीले व्यवसायीले कामदारलाई २० प्रतिशत छुट दिएर स्वास्थ्य परिक्षण गरेको जानकारी गराए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.