Powered by Blogger.
दोलखामा १६ विद्यालय स्थानान्तरण

दोलखा, १६ भदौ ।
विनासकारी भुकम्पले जमिन छियाछिया पारेपछि दोलखाका १६ विद्यालय स्थानान्तरण गरिएको छ । बैशाख १२, १३ र २९ गतेको भुकम्पले विद्यालय भवन क्षति हुनुका साथै साविकको जमिन समेत धाँजा फाटेको र पहिरो गएर विद्यालय नै सञ्चालन गर्न नसक्ने अवस्था भएको हो ।

साविकको स्थानमा विद्यालय सञ्चालन गर्न नसक्ने अवस्था भएपछि नजिकैको सुरक्षित स्थानमा अस्थायी सिकाइ केन्द्र निर्माण गरी विद्यालय सञ्चालन भइरहेको जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनले बताए । ‘विद्यालयको आफ्नो स्वामित्वमा भएको जग्गा काम नलाग्ने अवस्था भयो’ उनले भने, ‘अहिले नजिकै निजी जग्गाबाट विद्यालय सञ्चालन भए पनि पछि जग्गा व्यवस्थापन गर्न स्थानीयलाई अप्ठ्यारो पर्न सक्छ ।’

कतिपय विद्यालयको त आसपासमा विद्यालयका लागि उपयुक्त जग्गा समेत नभएको उनले बताए ।
विद्यालयहरु स्थानान्तरण भएको अधिकांश जिल्लाका उत्तरी क्षेत्रका बढी छन् । दोलखाका सहायक जिल्ला शिक्षा अधिकारी माधवप्रसाद शर्माका अनुसार स्थानान्तरण भएको विद्यालयहरुमा बुलुङखानी प्रावि बुलुङ, मालूको किरातेश्वर प्रावि र लट्टेश्वर प्रावि, गौरीशंकर उच्च मावि जगत लामाबगर, हुपुङचौतारा प्रावि खारे, जिरीको छहारे प्रावि र माथिल्लो सिक्री प्रावि रहेका छन् ।

त्यसैगरी सरस्वती प्रावि दुधपोखरी, गौरीशंकर प्रावि नाम्दु, चण्डिका प्रावि शैलुङ्गेश्वर, कालिञ्चोक निमावि खोपाचागू, कालिनाग उच्च मावि सिंगटी रहेका छन् । सुरीको हलेश्वर उच्च मावि र नवज्योती निमावि, सुनखानीको कालिनाग उच्च मावि रहेका छन् ।


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.