Powered by Blogger.
रेडक्रसको लापरबाहीले राहत कुहियो



सिन्धुपाल्चोक , १० असोज । 

सिन्धुपाल्चोक जिल्ला ठूलोसिरुवारी गाविस अन्तर्गत श्री डडुवा भवानीशंकर उमाविमा स्टोर गरी राखेको चामल पम्पीडोज पाउडर कुहीएर दुर्गन्ध फैलन थालेको छ ।

करिव ५ सय भन्दा बढी विद्यार्थी दिउँसोको समयमा अध्ययनरत रहेका छन् भने विहान एक सय भन्दा बढी विद्यार्थी अध्यनरत रहेका  विद्यालयमा कुहिएका सामानहरु रहँदा शिक्षक, विद्यार्थी तथा सिंगो गाउँमा नै महामारी फैलन सक्ने स्थानीयवासीहरुले बताएका छन् ।

१२ बैशाखमा गएको भूकम्पका कारण क्षति भएका घरहरुको पुनर्निमाण गर्न केही समय लाग्ने भएकोले वर्षादको समयमा तत्काल पीडितलाई राहत उपलब्ध गराउन उपलब्ध गराइएको जस्तापाता वर्षाद सकिएपछि वितरण गरिएको थियो । राजनीतिक दलका आसेपासे र काठमाडौंमा घर भएकालाई जस्ता वितरण गरेर स्थानीय गरिव पीडितलाई जस्ता नदिएको भनी स्थानीय आक्रोशित भएका छन् ।

विश्व खाद्य संगठनबाट वितरण गर्न लगिएको चामल वास्तविक पीडितले नपाई कुहियाएर राखेको छ भने बालबालिकालाई खुवाउने पम्पीडोज पनि मिति सकिएर खुवाउन नहुने भएको छ । उमाविका प्रअ बद्री नेपालसँग सम्पर्क गर्दा नेपाल रेडक्रस सोसाइटीले हाम्रो स्वीकृति विना सामान कसैलाई पनि नदिनु भनि स्टोर गरी राखेको कारण आफूहरुले मात्र केही गर्न नसकिने बताए । रेडक्रसका प्रतिनिधि नआएसम्म कुहिएका सामानहरु झिक्न नसकिने बताए ।

ठूलोसिरुवारी गाविस वडा नं. ७ का धनबहादुर बिक (मिठे कामी) भन्छन, ‘म वर्षौंदेखि यही बसोबास गरेको छु ।’ घर भूकम्पले ध्वस्त बनाएको घरमा अन्नपात समेत झिक्न नसकेको वताए । हामीलाई जस्तापाता समेत  नदिएर आफ्ना नजिकका र काठमाडौंमा महल हुनेहरुलाई जस्तापाता वितरण यरेको वताए । विभिन्न संघसंस्थाहरु भत्किएको घरको फोटो खिच्ने अनि काठमाडौंमा घर हुने र गैर पीडितलाई भेटेर पीडितहरुसँग प्रत्यक्ष सरोकार नराख्ने कार्यमै व्यस्त रहेका छन् । नजिकिँदै गरेको चाडमा समेत कहाँ बसेर गुजारा चलाउने बिकले वताए  ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.