Powered by Blogger.
कात्तिकमा क्याक्मी महोत्सव हुने

काठमाडौँ, १० असोज ।

पर्यटकीय महत्व बोकेको स्याङ्जाको दक्षिणी क्षेत्रमा पर्ने क्याक्मी गाविसमा ‘क्याक्मी महोत्सव’ हुने भएको छ ।

क्याक्मी बहुमुखी क्लबले यहाँ पत्रकार सम्मेलन गरी आगामी कात्तिक ६ देखि ९ गतेसम्म महोत्सव गर्न लागेको जानकारी दिएको छ । सम्मेलनमा क्लबका अध्यक्ष खिमनारायण मानन्धरले विभिन्न जातजाति, भाषाभाषी, वेशभूषा, रीतिरिवाज बोकेको क्याक्मीमा महोत्सव गर्न लागेको बताए ।

उनले भने, ‘भौगोलिक हिसाबले दुर्गम भए पनि विभिन्न चाडपर्वमा मनाउने उत्सवहरुमा जस्तै महोत्सवमा पनि खेलकुद, मनोरञ्जन, स्थानीयस्तरमा उत्पादित वस्तुको प्रदर्शन गर्न लागेका छौँ ।’

क्लबका सल्लाहकार हरि मानन्धरले महोत्सवमा पुर्कोट डाँडाबाट प्याराग्लाइडिङको व्यवस्थासमेत गरिएको जानकारी दिए । उनले महोत्सवमा घाटु नाच, लाखे नाच, भ्याउरे, कौरा, चुड्का एवम् भजनलगायतका नाचहरु प्रदर्शन गरिने बताए  ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.