Powered by Blogger.
विनोद चौधरीद्धारा सिन्धुपाल्चोकमा ११८ घर हस्तान्तरण

सिन्धुपाल्चोक, १० असोज ।

 चौधरी फाउण्डेसनले सिन्धुपाल्चोक  भीमटारका एक सय १८ भूकम्पपीडितहरुलाई ‘ट्रान्जिसलन होम’ हस्तान्तरण गरेको छ । भीमटारमा आयोजित समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भूकम्पपीडितलाई ‘ट्रान्जिसलन होम’ हस्तान्तरण गरेका हुन् ।

१२ वैशाखमा गएको भूकम्पबाट घर गुमाएका पीडितहरुका लागि १० हजार ट्रान्जिसनल घर निर्माण गर्ने प्रतिवद्धतालाई चौधरी फाउण्डेसनले द्रुत गतिमा कार्यान्वयन गरिरहेको छ । एक हजार ट्रान्जिसनल होम फाउण्डेसन आफैले र नौ हजार ट्रान्जिसनल होमका लागि दाताहरुस“ग सहकार्य गर्ने योजनाअनुसार फाउण्डेसनले भीमटारमा आश्रय निर्माणका लागि सुरत मानव सेवा संघस“ग सहकार्य गरेको हो । 

भीमटार भूकम्पबाट सर्वाधिक प्रभावित गाउ“मध्येको एक हो । गाउ“का आर्थिक रुपमा विपन्न, अशक्त, एकल महिला, बृद्धबृद्धाहरुलाई प्राथमिकतामा राखी आश्रय निर्माण गरिएको हो । हस्तान्तरण समारोहमा चौधरी ग्रुपका अध्यक्ष चौधरीले भूकम्प पीडितहरुलाई आश्रय निर्माण गरी वितरण गर्न पाउदा सन्तोष मिलेको बताए । चौधरी फाउण्डेसनले निकट भविष्यमै एक हजार आश्रय निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न लागेको बताए ।

चौधरी फाउण्डेसनले यसअघि काभ्रेको दोलालघाट, काठमाडौंको मच्छेगाउ“, भक्तपुरको चा“गुनारायण, ललितपुरको बुरुङचुली र लोकुण्डोलका भूकम्प पीडितहरुका लागि सिजी आश्रय हस्तान्तरण गरिसकेको छ । निकट भविष्यमा सिन्धुपाल्चोकको जलविरे, रामेछाप, दोलखा, गोर्खा, धादिङ लगायतका जिल्लाहरुमा आश्रय हस्तान्तरण गरिने कार्यक्रममा बताईएको थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.