Powered by Blogger.
दोलखामा ‘सिजनल फ्लु’ नियन्त्रणमा आउन सकेन



दोलखा, ३ असोज ।

दोलखामा विगत एक सातादेखि फैलिएको ‘सिजनल फ्लु’ हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दैनिकजसो दुई सयभन्दा बढी व्यक्तिलाई यसको लक्षण देखिएको छ ।

भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा बस्दै आएका मानिसमा ‘सिजनल फ्लु’को सङ्क्रमण हालसम्म दुई हजारजनामा देखिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख डाक्टर खगेश्वर गेलालले बताए । कार्यालयले नियन्त्रणका लागि पहल गर्न विज्ञ टोलीमार्फत काम गरिरहेको बताएको छ । तर नागरिकमा भने त्रास सिर्जना भएको छ ।

पछिल्लो समय रुघाखोकी र जरोको बिरामीको सङ्ख्या बढिरहेको भन्दै केही व्यक्तिहरुको स्वास्थ्य परीक्षणका क्रममा आठजनालाई ‘सिजनल फ्लु’को सङ्क्रमण देखिएको कार्यालयले बताएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाले आठजनामा एचवान र एनवान पोजेटिभ देखिएको बताएको हो । बढी मात्रामा भीमेश्वर नगरपालिकाको वडा नं १ र २ मा सङ्क्रमण बढेको भन्दै गाउँ गाउँमा पनि यसको समस्या देखिएको बताउँदै स्थानीयवासीलाई जोगिन अनुरोध गरिएको छ ।

जिल्लाको २७ वटा स्वास्थ्य संस्थामा गरिएको सर्वेक्षणअनुसार करिब दुई हजारमा यसको लक्षण देखिएको छ । स्रोतः नेप्लिज

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.