Powered by Blogger.
भाषा परीक्षामा साढे बाइस हजार सहभागी, १७ खेताला विधार्थी प्रहरी नियन्त्रणमा


काठमाडौँ, ३ असोज ।

रोजगार अनुमति प्रणाली (इपिएस)  छैठौं कोरियन भाषा परीक्षाको पहिलो दिनको २५ हजार ५ सय ७२ आवेदकमध्ये २२ हजार ६ सय ११ जना मात्र परीक्षार्थी सहभागी भएका छन् । दुई हजार नौ सय ६१ जना अनुपस्थित भएका छन् ।

कूल ५१ हजार एक सय ३७ परीक्षार्थीले आवेदन दिएकोमध्ये बाँकीको भोलि ९आइतबार०का लागि परीक्षा तय गरिएको इपिएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले बताए । उपत्यकाका परीक्षा केन्द्रबाट २० हजार पाँच सय ३७ र पोखरा केन्द्रबाट दुई हजार ७४ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

यसवर्ष अनुमानित उत्तीर्ण सङ्ख्या सात हजार एक सय हुने र जसअन्तर्गत उत्पादनमूलक क्षेत्रतर्फ चार हजार नौ सय तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ दुई हजार दुई सय उत्र्तीण परीक्षार्थीलाई रोजगारीको अवसर दिइनेछ । भाषा परीक्षामा उत्कृष्ट अङ्क ल्याउने परीक्षार्थीले मात्रै सीप परीक्षणमा सहभागी हुन सक्नेछन् । भाषा परीक्षामा उत्तीर्ण भई सीप परीक्षामा उत्कृष्ट अङ्क ल्याउने परीक्षार्थीलाई प्राथमिकता साथ चरणबद्ध रुपमा रोजगारी दिन रोजगारदाता कम्पनीलाई सिफारिस गरिने निर्देशक बाँस्तोलाले जानकारी दिए ।

यसैबीच काठमाडौँ उपत्यकाकाको विभिन्न परीक्षा केन्द्रमा अर्काको नाममा परीक्षा दिने १७ परीक्षार्थी पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले हिरासतमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाएको छ ।

उपत्यकाका भिएस निकेतन कलेज, युनिभर्सल कलेज, रेडियन्ट रिडर्स एकेडेमी, एलआरआई स्कूल, ल्याब्रोटोरी स्कुलबाट उनीहरुलाई नियन्त्रा्णमा लिइएको हो । प्रहरीले खेताला विद्यार्थीलाई सार्वजिनक मुद्वा लगाउने बास्तोलाले बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.