Powered by Blogger.
अनिवार्य छैन इजरायल जान हिब्रु भाषा

isrial and nepal mou programmeरोजगारीका लागि इजरायल जाने कामदारले स्थानीय हिब्रु भाषा जान्नै नपर्ने भएको छ ।  श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्य श्रेष्ठले इजरायल जानका लागि हिब्रु भाषालाई अनिवार्य नगरेको र अङग्रेजीमा भने दख्खल राखेको हुनु पर्ने बताए ।

इजरायलमा जाने कामदारले २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र पाँच फिट उचाई हुनुपर्ने मन्त्रालयले तयार पारेको मापदण्डमा उल्लेख छ । इजरायलमा जान सरकारद्वारा मान्यताप्राप्त संस्थाबाट ३ महिनाको केयर गिभरसम्बन्धी तालिम लिनुपर्ने र इन्टरमिडिएट (प्रविणता प्रमाणपत्र) तह अध्ययन गरेको हुनु पर्ने छ ।

इजरायलमा जान स्वास्थ्य परिक्षणमा पास हुनु पर्ने छ भने यस अघि कुनै पनि आपराधिक गतिविधिमा संम्लग्न नभएको हुनुन पर्ने श्रेष्ठको भनाई छ । पहिलो चरणमा ६० जना नेपाली महिला कामदार इजरायल जाने छन् । सम्भवत पहिलो चरणमा दशै अघि नै जाने बताईएको छ । इपीएस मोडेलमा दक्षिण कोरियाजस्तै इजरायलमा पनि कामदार पठाउने बताईएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.