Powered by Blogger.
मलेसियामा ४६ नेपाली पक्राउ

malaysia photoमलेसियामा अवैधानिक रूपमा कार्यरत विभिन्न देशका नागरिकसहित ४६ जना नेपालीलाई अध्यागमन विभागले मंगलबार पक्राउ गरेको छ ।  मलेसियामा रहेका अवैधानिक आप्रवासी कामदारलाई घर फर्कन मौका दिइरहेका बेला अध्यागमनले एक सय नौजना आप्रवासी कामदारलाई पक्राउ गरेको यहाँको सरकारी सञ्चारमाध्यम वार्नामाले जनाएको छ ।

पक्राउ परेका आप्रवासी कामदारलाई मलेसिया अध्यगमनले हिरासतमा राखेको छ । मलेसियाका विभिन्न सहरबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्ने नेपालीको थप विवरण थाहा हुन सकेको छैन । पक्राउ पर्नेमा ४६ नेपाली, २० बंगलादेशी, २१ म्यानमारी, १० पाकिस्तानी, एक भारतीय र एक भियतनामी छन् ।

मलेसिया सरकारले यहाँ अवैधानिक रूपमा कार्यरत विदेशी कामदारलाई घर फर्कन पटकपटक मौका दिँदै आएको छ । अवौधानिक नेपाली पक्राउ परे तीन महिना जेल सजाय र थप समय क्याम्पमा बस्नुपर्ने व्यवस्था छ । मलेसियाको क्याम्पमा रहेका नेपाली टिकट लिएर घर फर्किन सक्नेछन् । नेपाली दूतावासका अनुसार क्याम्पमा रहेका नेपालीलाई दाताको सहयोगमा दूतावासले निःशुल्क टिकट दिँदै आएको छ ।

मलेसिया सरकारले दुई वर्षअघिदेखि अवैधानिक आप्रवासी कामदार घर फर्क भन्ने अभियान चलाएको छ । दूतावासमार्फत यात्रा अनुमतिपत्र लिएपछि यहाँको अध्यागमनमा जरिबाना तिरेर अवैधानिक अप्रावासी कामदार देश फर्किन सक्ने यहाँको अध्यागमनले जनाएको छ । नेपालबाट राम्रो कमाइ र काम हुने भन्दै मलेसिया आएका नेपाली काम र दाम नपाएपछि अवैधानिक हुने गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.