Powered by Blogger.
आदोलनकारीद्धारा बेस क्याम्प जोशीपुर घेराउ

धनगढी, १४ भदौ ।
टीकापुरका स्थानीयले सोमबार सशस्त्रको क्याम्प घेराउ गरेका छन् । बरिष्ठ प्रहरीसहित ८ जनाको ज्यान गएको एक हप्तापछि थारु समुदायले आइतबार सद्भाव ¥याली निकालेका थिए ।

आइतबार दिउँसो निकालिएको ¥यालीमा सहभागी भएकाको फोटो खिचेर गए मध्यराती सशस्त्र र जनपथ प्रहरीले केहीलाई गिरफ्तार गरेपछि कैलालीको टीकापुर क्षेत्रमा फेरि तनाव बढ्ने देखिएको हो । स्थानीय एक व्यक्तिका अनुसार आइतबार थापापुरको नवलपुर भन्ने ठाउँमा थारुहरुले सद्भाव रयाली निकालेको र दिउँसो प्रहरीले फोटो खिचेर राती गिरफ्तार गरेपछि उनीहरुको रिहाईको माग गर्दै स्थानीय महिलाहरु सशस्त्रको क्याम्प घेराउ गर्न पुगेका छन् ।

सद्भाव ¥याली निकालेकै भरमा घरघरमा छापा मारेर थापापुरको ५ र ६ का केहीलाई गिरफ्तार गरेपछि उनीहरु आक्रोशित भएको ती स्थानीयले  बताए । फोटोकै आधारमा बौनिपुर गाविस ४ का दरवारीलाल चौधरी, थापापुर ५ का सन्तराम चौधरी, किसुनलाल चौधरी, सिलकदाश थारु, थापापुर ६ का जितबहादुर चौधरी, थापापुर ७ नवलपुरका राजेश चौधरी, ब्रिजमोहन चौधरी र राजेश चौधरीलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

आइतबार राती घरघरमा छापा मारेर स्थानीयलाई जोशीपुर सशस्त्र वेशक्याम्पमा राखिएको थियो । गाउँलेहरुलाई यसरी बिनाकारण पक्रिएको भन्दै सयौं महिलाहरु अहिले रिहाईको लागि वेश क्याक्पमा घेरा हालेर बसिरहेका छन् । प्रहरीले तत्काल उनीहरुलाई छोड्नुपर्ने उनिहरुले माग गरेका छन ।  प्रहरी तथा सरकारले सचेतता अपनाएन र भिडन्तको स्थितिलाई टारेन भने फेरी ठुलो दूर्घटना दोषीमाथि कारवाही गरिनुपर्ने तर निदोर्षहरुलाई अनावश्यक दुःख दिनुनहुने माग उनीहरुको छ ।

छाविन टोली आयो

घट्नाको अध्ययन गर्न संसदीय समितिको टोली यसैगरि टीकापुरमा भएको घट्नाबारे अध्ययन गर्न गठन गरिएको टोलीले मंगलबारबाट गृहकार्य सुरु गर्ने भएको छ । घट्नाको अध्ययन गर्न संसदीय समितिको टोली सोमबार धनगढी पुगेको छ । जीवनराम श्रेष्ठको नेतृत्वमा संसदीय समितिको टोली धनगढी आईपुगेको छ ।

टोलीमा कमला घिमिरे, चन्दा देवी जोशी, प्यारेलाल राना र ओमवि सेर्पा रहेका छन । टोली मंगलबार घट्नाबारे अध्ययन गर्न टीकापुर जाने भएको छ । बरिष्ठ प्रहरी उपरिक्षक सहित आठ जना प्रहरी र डेढ वर्षीय बालकको निर्ममतापूर्वक हत्या भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।

आन्दोलनकारी ८ जना पक्राउ

टीकापुरमा भएको घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका छन् । थापापुर गाविसका नवलपुर, थापापुर, खैरा, गौडचौरा लगायतका गाउँबाट उनीहरुलाई मध्यरातमा घरबाटै पक्राउ गरिएको हो । घटनामा संलग्नहरुको छानबिन गरी निर्दोषलाई छाडिने प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले बताए । उनीहरुलाई पक्राउ गरी धनगढी लगिएको छ ।

पक्राउ पर्नेमा जीतबहादुर थारु, वृजमोहन थारु, राजेश थारु, सनतराम थारु, राजेश चौधरी, किसन थारु, शीतलदास चौधरी रहेका स्थानीयले बताएका छन् । एक साताअघि कैलालीको टीकापुरमा ८ प्रहरी र एक बालकको हत्या हुने गरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक शिक्षकलाई बर्दियाको राजापुरबाट पक्राउ गरेको छ ।

कालिका मावि चनौराका शिक्षक रामनरेश चौधरीलाई बर्दिया प्रहरीले पक्राउ गरी सोमबार कैलाली प्रहरीलाई बुझाएको छ । टीकापुर घर भइ हाल राजापुर बजारमा बस्ने शिक्षक चौधरीलाई अनुसन्धानका पक्राउ गरी गरिएको बर्दियाका प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.