Powered by Blogger.
विद्युत कार्यालयको लापरवाहीले गाउँ अन्धकार

देउखुरी, १४ भदौ ।
गंगापरस्पुर गाविसको वडा नं. १ रामनगरको विद्युत ट्रान्समिटर पट्कीएपछी तिन सय वढी घरधुरीका नागरिकले सास्ती भोगीरहेका छन् । ‘गाउँमा विजुली छैन्, वत्ति बाल्न पाइएको छैन्, मिल चलेका छैनन्’थानीय धनबहादुर केसीले भने,‘विद्युत प्राविधिकरणमा पटक–पटक जानकारी दिँदा पनि कुनै सुनुवाईनै भएको छैन्, वन्दको वाहाना देखाउदै नेपालगञ्जवाट ट्रान्समिटर ल्याउन नसकीएको जवाफ मात्र दिन्छ ।’

रामनगरमा रहेको ट्रान्समिटर भदौ तिन गते पट्कीएको हो । ५० एम्पिरको ट्रान्समिटरले लोड धान्न सक्दैन् । यो संगै तिक पटक भैसक्यो ट्रान्समिटर पट्कीएको । दुई पटक फेरीयो तर, अहीले तेस्रो पटक भने लामो समय भैसक्दा समेत नयाँ राख्न सकिएको छैन् ।‘यस्तो समस्या भोग्न थालेको तेस्रो पटक भैसक्यो’स्थानीय मानबहादुर वोगटीले भने–‘ट्रान्समिटरले लोडनै धान्न सक्दैन्, अनि पट्कीन्छ ।’

गंगापरस्पुर वडा नं. १ हडैया, मग्रौटा, गोविन्दनगर, खैरा खाल, पर्सेनीको वड्का गल्ली, परस्पुरको खाम्ता टोल, वुटैनी, घुसुकपुरुवा विद्युत छैन् ।‘वारम्वर भोल्टेज कम हुने, ४० वाटको वत्ति पनि राम्रो संग वोल्न नसक्ने अवस्था पहीले थियो’स्थानीय सुधिर पौडेलले भने, ‘५० एम्पियरकोले काम गर्न सक्दैन्, नयाँ एक सय एम्पियरको ट्रान्समिटर राख्न माग गरिरहेका छौं तर, विद्युत प्राधिकरणले सुन्दैन् ।’ सोही गाविसको वाड नं. ५ उठैयामा विग्रीएको ट्रान्समिटर विग्रीएको ५ दिन पछी वन्यो तर, रामनगरको अहीले सम्म वनेको छैन् । ‘हाम्रो गाउँको ट्रान्समिटर पनि विग्रीएको थियो, ५ दिन पछी वन्यो’ स्थानीय शिक्षक लालबहादुर भण्डारीले भने, ‘गाउँलेहरु स्वयम गएर लडीयामा ट्रान्समिटर लिएर वत्ति वाल्यौं ।’

विद्युत प्राधिकरणको लापरवाहीले गाउँलेहरु अहीले पनि अन्धकारमा वस्न वाध्य छन् । तर, नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय लमहीका प्रमुख जयबहादुर रावलले वन्दको समस्या देखाएर यो समस्या वाट पञ्छन खोजेका छन । ‘वन्द छ, कसरी काम गर्न सकिन्छ’उहाँले भन्नुभयो–‘लमही, घोराही कही पनि ट्रान्समिटर स्टक छैन्, नेपालगञ्ज वाट मगाएका हौं तर वन्दले आईपुगेको छैन् ।’

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.