Powered by Blogger.
मनाइयो गोपाल योञ्जनको १९ औँ स्मृति दिवस



काठमाडौँ, १४ भदौ ।
संगीत सम्राट गोपाल योञ्जनलाई राज्यले सम्मान गर्न नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् । योञ्जनको १९औँ स्मृति दिवसको अवसर आयोजित कार्यक्रमका वक्ताहरुले नेपाली गीत संगीतको क्षेत्रलाई माथि उठाउन उनले पु¥याएको योगदानको सम्मान नभएको बताएका हुन् ।

‘गोपाल योञ्जन जस्तो प्रतिभालाई राज्यका शासकहरुले चिन्न सकेनन् । गीत संगीतमार्फत उनले राष्ट्रलाई दिएको योगदानको उचित सम्मान दिन सकेनन् ।’ कलाकार जयनन्द लामाले प्रश्न गरे, ‘नारायण गोपालको शालिक बने, तर गोपाल योञ्जनको पहिचान कहाँ खोज्ने रु’ उनले संगीत र गीत लेखनमा योञ्जनको तुलना कसैैसँग गर्न नसकिने बताए । कलाकार लामाले योञ्जनको व्यक्तित्व तथा उनीसँग काम गर्दाको अनुभवसमेत सुनाए ।

मधुरिमा नेपाल कला केन्द्रका अध्यक्ष प्रदिप बम्जनले गोपाल योञ्जनलाई राज्यले सम्मान दिन नसकेकोले आफूहरुले ‘संगीत सम्राट’ उपाधी दिएको बताए । उनले गोपाल योञ्जन ‘युगपुरुष’ भएकोसमेत दाबी गरे । नेपाल तामाङ घेदुङका अध्यक्ष कुमार योञ्जनले संगीतकार योञ्जनको पार्थिव शरीर नभए पनि उनको योगदानलाई बिर्सन नसकिने बताए । नेपाल तामाङ कलाकार संघका अध्यक्ष चन्द्रकुमार दोङलगायत अन्य वक्ताहरुले पनि योञ्जनको व्यक्रित्व र योगदानबारे चर्चा गरे ।

नेपाल तामाङ संस्कृति घेदुङ, स्वर साधना संगीत पाठशाला तथा नेपाल तामाङ घेदुङको आयोजनामा भएको सो कार्यक्रममा गायक चन्द्रकुमार मोक्तानलाई सम्मान गरिएको थियो । सम्मानित गायक मोक्तानले तामाङ भाषामा पहिलो गीति एल्वम निकालेका हुन् । सोही अवसरमा नेत्रबहादुर भुजेलको आधुनिक गीतिसंग्रह ‘विछोड’ विमोचन गरियो । छेवाङतेन्जिङ लामाको संगीत रहेको एल्वममा राजेशपायल राई, सत्यराज आचार्य, प्रमोद खरेल, सुरेश लामा, निर्मला घिसिङ र देवेश राईले स्वर दिएका छन् ।

कार्यक्रममा तामाङ संस्कृति घेदुङ र स्वर साधना संगीत पाठशालाका कलाकारहरुले योञ्जनका चर्चित गीतहरु प्रस्तुत गरेका थिए । वि।सं। २००० सालमा दार्जीलिङमा जन्मेका योञ्जनको ‘देशले रगत मागे मलाई बली चढाउनु’, ‘बनेको छ पहराले यो छाती मेरो’जस्ता थुप्रै गीतहरु चर्चित छन् । योञ्जनले स्वेदशगान, सेलो, चलचित्र, आधुनिकलगायत दुई हजारभन्दा बढी गीतमा संगीत, शब्द रचना तथा स्वर दिएका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.