Powered by Blogger.
आशमारेको राहत


गोकुलध्वर्जे तामाङ
‘भुँईचालो गएको चार महिनाभयो । त्यति नै समय भो घर बिहीनभएको पनि । यो अबधिमाकति सहयोग, राहत, त्रिपालका कुरा भए । कति‘नयाँ कटेरो घर’बने ।कतिलाईराष्ट्रिय र अन्तराष्ट्रिय सहयोग घोषणा भो । नेपाली हेलिकप्टर आए । विदेशी हेलीकप्टर आए ।हाम्रो हालत उस्तै छ । जस्ताको तस्तै ।’गोपेकान्छा नेवारको भनाई हो ।
काठमाडौबाट १३० किलो मिटर पूर्वमा पर्ने दोलखाको शैलुङ गोपेकान्छा नेवारको ठेगनाहो । सानो च्याप्से च्यानभएकाउनीऔसत नेपालीभन्दाहोचा छन् । ४५ बर्षमै६० भन्दाबढिका देखिन्छन् । दैनिकज्यालादारीमाकाम गरेर परिवार पाल्छन् । साइनोमाउनी मेरा मितमामाहुन् मामाकामित । त्यसैले मेरो लागिउनी‘बाइआस्याङ’अर्थात नेवार मामा ।

तिनै मामासँगफोनमाकुरा भो । उनले भोगेको कुरा भन्दै गए । ‘सक्नेलाई रैछ यो राहत र सहयोग पनि । म लगातार भैसे(गाविस कार्यलय भएको ठाउँ) गएको छु । ठूला मान्छे, नेता सबैलाई भनेको छु । पाएको केही छैन । यत्रो दिन कसरी बित्यो कि भगवानलाई थाहा छ कि मलाई ।’ उनको स्वरमा पिडा र रिस दुबै मिसिएको थियो ।
‘जिल्लामाभन्दिने मान्छे छैनन् । टाढा पनिभयौ । के पाइन्छ होला र ? एक बन्डेल जस्ता आफैले ल्याएँ । त्यो पनिउधारो ।कहिले तिर्न सक्छु त्यो पनिथाहा छैन । घर भित्रआहालछ ।पानीजोडले पर्दा सबै घर भित्र पुग्छ । घाम लाग्दा त ठीकै छ जता बसे पनिभो ।पानीपर्दा टाउको जोगाउने ठाउँ छैन । आलु झारले खाइसक्यो । गोड्नु पर्ने । मकैको हालतपनित्यस्तै छ । घरको काम गरौँगर्न मन लाग्दैन । केहीकामभएको छैन । बस्ने मेलो मिले काम त दुई दिनमै सिध्याउनेथे ।’ यो उनको मात्रै पिडा होइनभुकम्प पिडीत धेरैको साझा समस्याहो ।
‘जिन्दगीमाकतिदुःख खेप्नु छ ?भन्न सकिदैन । जिन्दगीभर दुःख गरेर बनाएको घर लडेको छ । बिहान बेलुकीचुल्हो बाल्न समस्या छ । आफ्नो काम सकेर अरुकोमागएर केहीकमाउलाभन्नेथ्यो । त्यो पनिभएन । घरमाभाराभुरी(छोराछारी) मात्र छन् ।चामालपनिभनेको बेलापाइँदैन । महंगो पनि छ ।’ पिडा एक होइन अनेक छन् ।

शैलुङ पुग्नलाई सर्बजानिक सवारी साधन चढेर जाने हो भने ६ घन्टामा पुगिन्छ ।आफ्नै सवारी साधनभएअझ छिटो पुगिन्छ । सडक ठीकै छ । सिन्धुपाल्चोकको मुडेबाट २३ किलोमिटर बर्षामाहिले र हिउँदोमाधुले हुने सडक छ । त्यही सडकसँगै जाडिएको गाउँमाछ बाइआस्याङको घर । तर ६ घन्टा पुगिने गाउँमा सरकार पुग्नचार महिनाहुँदापनि सकेको छैन । ‘बाइआस्याङ’ले सरकारी राहतनपाएकै चाही होइनन् । भुइचालो गएको एक महिना पछि एक पाकट चाउचार र दुईहजार उनको नाममाथियो । चाउचाउ र पैसालिने दिनउनीअन्तै काममाथिए । त्यसैले गाउँलेले उनको नामको चाउचाउखाए । पैसाभने उनले पाए । ‘हाम्रो गाउँमा१५ रुपैया पर्ने चाउचाउ राहतपाए पछि खुशीहुने कि रिसाउने ? गुण लाएको भन्ने कि हेपेको ?’ त्यो पछि ‘बाइआस्याङ’ले केही पाएका छैनन् ।
शैलुङ पुग्नलाई सर्बजानिक सवारी साधन चढेर जाने हो भने ६ घन्टामा पुगिन्छ ।आफ्नै सवारी साधनभएअझ छिटो पुगिन्छ । सडक ठीकै छ । सिन्धुपाल्चोकको मुडेबाट २३ किलोमिटर बर्षामाहिले र हिउँदोमाधुले हुने सडक छ । 

देशमा अहिले संविधान बन्ने कुरा छ । कहिले केमा सहमति कहिले केमा बिमति । यस्तै खबर छापिने, भिनिने, सुनिने बेला छ । भुकम्पले घर भत्किएर रात भरि पानीले भिजोको कुरा भन्ने र सुन्ने फुर्सत कसैलाई छैन । पकाउँदापकाउदै गरेको चामालपानीले आगो मारेर भोकै बस्नु परेको कुरा पनिकसैलाई सुन्ने फुर्सत छैन । गरिबलाई यो बेला संविधानभन्दापनि जस्ता पाताचाहिको छ । दिनमानभएपनि रातमा एक निन्द्रापानीले नभिजि सुत्न सक्ने ओभानो ओछ्यानचाहिएको छ । तर उनी जस्ताका कुरा कस्ले सुन्ने ?

सरकारले घर भत्केकालाई १५ हजार दिने भन्ने सुनेको पनि धेरै भैसक्यो । त्यो पैसाआएर अरुले नै खाए कि अरुले पनिपाएका छैनन् । अब ‘बाइआस्याङ’ले सुध्न छाडिदिइसके । यदिमनमादयामायाभएको भए यो पानीझरि भन्दापहिला नै कहीबन्दो बस्तगथ्र्यो होलानी । ठूला मान्छेले सुविधापाएकै छन् । हाम्रो पिडा कस्लाई के मतलब छ र ?दिने भएदिदाहुननी । नदिने भएरै त हो ।तीनका छोरीछोरीले खान पाएकै छन् ।बस्न पाएकै छन् । हामीगरिबलाई हेर्ने कस्ले हो र ?तिनलाई परेको भएपो थाहा हुन्थ्यो ।’

जिल्लाबाट बाडिएको एक पाकेट चाउचाउ र सरकारले दिने १५ हजारमा के फरक छ?त्यति पैसाले महंगी र कालोबजारीले आकाश छोएको बेला छाप्रो बनाउन सक्छ ? सामाजिक संजालमा रमाइलोको लागि सस्तो, किफायती, भुकम्पप्रतिराधी, गुणै गुणले भरिएको कागजी घर बनाए जस्तो हो र साँच्चैको घर बनाउन?थपथापआफैले गर्छन् भन्ने सरकारलाई लाग्छ भने जिन्दगी भर अरुको भारी बोकेर जीवनधान्ने बाइआस्याङ’कसरी थप्लान?

केहीपहिले गाउँबिकास समितिका सचिबलाई गाउँमानआएको भन्दै खुट्टा भाँच्छु भन्दिएरे । त्यही कुराले गाउँमागाविस सचिबआउँदैनन रे । ‘बाइआस्याङ’ले भने ‘अहिले सम्मकुनसचिबगाउँगएर बसेका छन् ? अरु बेलापनितिनले सदरमुकाम छोडे ज्वारो आउँथ्यो । नौनारी गलेर आउँथ्यो । अहिले घर भत्किा छन् आफन्तबितेका छन् । भनेको बेला न सहयोग छ न सापाटी । रिसको झोकमाअलि ठूलो स्वरमा केहीभन्दियो होलानी ।’

बिरामीभएकै बेलामाऔषधीखाएनिको हुन्छ । ज्यानलाई सुबिस्ता, आराम हुन्छ । त्यहीऔषधी अरु बेलाआए बिरामी बनाउँछ । सरकारले केही सहयोग गर्ने बेलाबर्षा नै हुन पर्ने हो । तर अहिलेसम्म ‘वरको सिन्का पर सारेको’ छैन । यो बेलाभएनभने तङ्गरिएको मान्छेलाई औषधीखाभन्यो भने के हुन्छ ?सरकार अभिभाबकभएकोले यो विपतिमाआश गरेका हुन् । तर पुग्न पर्ने ठाउँमा अहिले सम्मपुगेको छैनन् ।
प्रश्न उठ्दैछ त्यत्रो देशी बिदेशीले बोकेर झारेको राहतकतागयो ?सक्नेले बजाए । मौका त्यहिथियो ।
कमाउनेकोे पनि । जोगाउनेकोपनि । देशमा सक्नेहरुले नाफामानाफाखाने मौका भुकम्पभो ।
थोरै रुपैयामा पाउने त्रिपाल पाइन मुस्किल भो । जस्तापाताउस्तै भो । खाने चामालमहंगीयो । कडाकार्बहीगर्ने सरकारले भनेका ‘बाइआस्याङ’ले पनि सुने । तर उनले पैसापाउने र चामाल सस्तिने दुबै कुरा पत्याएका छैनन् ।
भुकम्पबाट १५ जिल्ला बढि प्रभाबित छन् । दोलखामामात्रै ५० हजार भन्दा बढि घर भत्किएका छन् । बर्षाले कति परिबार दिनदिनै भिज्छ यसको हिसाबकिताब कसैसँग छैन । जनताको बिजोग माथिबिजोग थपिएको छ । सरकार गरे जस्तो भने जस्तो गरेर बस्दैछ । ढिला सुस्तिको पराकाष्ट छ । के गर्दै भनेर कसैले सोधे सजिलो उतर छ । संविधानबनाउँदै । देशको प्रगतिको लागिबन्ने होला संविधान । नियमकानुनत्यहीअनुसार बन्छहोला । त्यो भबिष्यका कुरा हुन् ।तर बर्तमानजनतादिनदिनै पिडामा छ । अरु केहीनभएपनि १५ हजार त सजिलै जनताले पाएपनिथोरै भएपनि राहतअनुभबगर्थे होलान् ।

‘बाइआस्याङ’कोभत्किएको घरकच्चि सडक सँगै छ । उनको भत्किएको घर हेर्दैकति राहतको सामाग्री‘सक्ने मान्छे हुने’ गाउँमागयो । यस्ता राहतबाट कतिलाई फाइदाभयो ?कतिले दुई गजको त्रिपालपाएहिसाबकिताब छैन । तरभत्किएको घरको छेउमै एक बन्डेल जस्ताले बनेको उनको पिडा बढेको छ । घटेको छैन । भलैरेडियो, टेलिभिजन, सामाजिक संजाल र अनलाइनतिर राहतबाँडेका फोटा र भिडियोहरु अपलोड हुनकमभो ।
gocool.thokar@gmal.com



0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.