Powered by Blogger.
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन, लागत बढेकोप्रति प्रम ओली असन्तुुष्ट


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युुत् आयोजनाको उद्घाटन गरेका छन् ।


आयोजनाको उदघाटनसँगै ४५६ मेगावाट मध्ये ७६ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ । तामाकोशीमा ७६–७६ मेगावाटका ६ वटा युनिट रहेका छन् । भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।


आयोजना निर्माणको करिब ११ वर्षपछि पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भएको हो । सुरुमा ३५ अर्ब रुपैयाँ लागत अनुमान गरेको भएतापनि अहिलेसम्म ब्याजसहित ८४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।


आयोजनाको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले आयोजना निर्माणमा ढिला हुँदा निर्माणका लागि अनुमान गरेको लागत जति नै बढी खर्च भएको बताए ।


५ वर्ष अघि विद्युत उत्पादन भएको भए जति विद्युत उत्पादन, खपत हुने थियो त्यो हुन नसकेको बताए । उनका अनुसार आयोजनाले नदेखिने गरी धेरै नै नोक्सान भएको र त्यसले नदेखिने गरी निकै घाटा भएको बताए । आयोजनाको विलम्बले प्रत्यक्ष र परोक्ष रुपमा असाधारण क्षती पुगेको स्मरण गराए ।


आयोजनाको उद्घाटनका क्रममा प्रम ओलीले उपप्रधान तथा उर्जा मन्त्री बिष्णु प्रसाद पौडेलले यो आयोजना सञ्चालनमा आएपछि आर्थिक वृद्धिमा करिब एक प्रतिशत योगदान दिने बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.