Powered by Blogger.
माथिल्लो तामाकोशीको निर्माण सम्पन्न, आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने




काठमाडौं ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सुरु भएको करिब १ दशकपछि प्रशारणलाइनमा जोडिने भएको छ । 


उक्त राष्ट्रिय गौरवको आयोजनाको आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।

आज आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोडिनेछ । आयोजनाका अनुसार यही असारभित्रै अर्को ७६ मेगावाट विद्युत् पनि  उत्पादन हुनेछ ।


आयोजना आर्थिक वर्ष २०६७-६८ बाट शुरु गरेर २०७१ चैतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर भूकम्प, भारतले गरेको नाकाबान्दी, कोरोना महामारी लगायतलाई बाहना बनाएर पूर्व निर्धारित समय भन्दा करिब साढे ६ वर्षपछि आयोजना तयार भएको छ ।


६ वटा युनिट रहेको यो आयोजनामा क्रमैसँग सबै युनिट सञ्चालन गर्ने र यो वर्षभित्र पूर्णक्षमतामा सञ्चालनमा ल्याइने योजना रहेको छ । त्यसको सुरुवात आजबाट हुनेछ ।

३५ अर्ब बराबर लागत अनुमान गरिएपनि ७६ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । आयोजना निर्माणमा ढिलाइ हुँदा ब्याज पुँजीकरण मात्रै २४ अर्ब पुगेको बताइएको छ ।


आयोजनालाई राष्ट्रिय प्रशारणमा जोड्ने २२० केभी गोंगर–खिम्ती प्रशारणलाइनको निर्माण सकिएको छ । प्रशारणलाइनको परीक्षण पनि सफल भएको छ । यो पूर्ण स्वदेशी लगानीमा बनेको पहिलो राष्ट्रिय गौरवको जलविद्युत आयोजना हो । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.