Powered by Blogger.
माथिल्लो तामाकोशीबाट उत्पादित विद्युतकाे भोलीबाट परीक्षण हुने


काठमाडौं ।
निर्माण सुरु भएको करिब एक दशकपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युतको परीक्षण आइतबारदेखी हुने भएको छ । 


४५६ मेगावाटको उक्त राष्ट्रिय गौरवको आयोजनाबाट उत्पादन भएको ७६ मेगावाट पहिलो युनिट विद्युत आइतबार राष्ट्रिय प्रसारण लाइनमा जोड्ने छ । 


आयोजनाका अनुसार आइतबार (१३ गते) देखि १९ गतेसम्म परीक्षण गरी राष्ट्रिय प्रशारणलाइनमा जोडिने छ । स्रोतका अनुसार आयोजनाबाट उत्पादित विद्युत् खिम्ती–लामोसाँघु १३२ केभी प्रशारणलाइनबाट राष्ट्रिय प्रणालीमा जोडिनेछ ।



0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.