Powered by Blogger.
दोलखा जिल्लाको बजेट ३ अर्ब ४१ करोड, शैलुुङ गाउँपालिकाका लागि ३५ करोड ७७ लाख


काठमाडौं । केन्द्र सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आर्थिक वर्ष २०७८–७९ का लागि दोलखा जिल्लालाई ३ अर्ब ४१ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


संघ सरकारबाट प्रदेश र स्थानीय तहमा उक्त रकम केन्द्र सरकारबाट गएको हो । जसमा चालु तर्फ ३ अर्ब ६ करोड १५ लाख रुपैयाँ र पुँजीतर्फ ३४ करोड ९३ लाख रुपैयाँ रहेको छ ।


यस्तै समपुरक अनुदान तर्फ , समानिकरण तर्फ १ अर्ब १५ करोड ४ लाख, सशर्ततर्फ २ अर्ब ६ करोड ६८ लाख र विशेष अनुदानतर्फ १४ करोड २७ लाख रुपैयाँ रहेको छ ।


सरकारले आगामी आर्थिक वर्षको लागि संघबाट प्रदेश र स्थानिय तहमा जाने बजेटमा पहिलो जिरी नगरपालिकाको लागि ३५ करोड ६३ लाख र भिमेश्वर नगरपालिकाको लागि ५४ करोड १८ लाख रुपैयाँ विनियोजन गरेको छ । 


यस्तै ७ पटा गाँउपालिकाको लागि २ अर्ब ५१ करोड २७ लाख रुपैयाँ विनियोजन गरेका छ । जसमा कालिन्चोक गाउँपालिकाको लागि ४२ करोड ३७ लाख, गौरिशंकरलाई ३६ करोड ७४ लाख, तामाकोशीको लागि ३७ करोड ८ लाख, बैतेश्वरको लागि ३२ करोड ९० लाख, मेलुङको लागि ३४ करोड २३ लाख, विगु गाँउपालिकाको लागि ३२ करोड १८ लाख र शैलुङ गाँउपालिकाको लागि ३५ करोड ७७ रुपैयाँ विनियोजन गरेको छ । 



0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.