Powered by Blogger.
सरकार कोरोना संक्रमितको उपचार, अस्पताल व्यवस्थापन र स्वास्थ्यकर्मीको प्रोत्साहनमा लाग्छः उपप्रधानमन्त्री पोखरेल


काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनतालाई कोरोनाबाट मुक्त गर्न सरकारले ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ । 


प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा पुनः पदभार ग्रहण गर्दै उहाँले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रीत हुने बताउनुभयो । 


‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालहरुको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रीत हुन्छौं’ सिसिएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।  


प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा कोरोना संकटबाट जनतालाई मुक्त गर्न सरकार केन्द्रीत हुने कुरामा जोड दिनुभएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले यो अभियानमा साथ दिन सम्पूर्ण नेपालीहरुलाई आह्वान पनि गर्नुभयो । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.