Powered by Blogger.
मध्यपूर्वका नेपालीले पठाएका ५६० थान अक्सिजन सिलिण्डर


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५ सय ६० अक्सिजन सिलिण्डर सरकारलाई हस्तान्तरण गरिएको छ ।


मध्यपूर्वमा रहेका नेपालीहरु एवं ओमानस्थित नेपाली दूताबासको सहयोग तथा सहकार्यमा हिजो ल्याईका ७५ लाख भन्दा बढी रहमको अक्सिजन सिलिण्डर संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको छ । 


ओमानदेखि काठमाडौँसम्म ल्याइएको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने सरकारले व्यहोरेको हो । सिलिण्डर हस्तान्तरण गर्दै अध्यक्ष पन्तले सबै प्रदेशमा वितरण गर्न अनुरोध गर्नुभयो । नेपालका विभिन्न स्थानहरुमा वितरण गर्न दाताहरुको अनुरोध सहितको पत्र समेत मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरिएको थियो ।


अध्यक्ष पन्तले कोभिड– १९ संक्रमणले नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो रहेको भन्दै विदेशमा रहेका नेपालीहरुले यस संकटको घडीमा मानवीय सहायताको लागि हात अघि बढाएको बताउनुभयो । 


संघले विदेशस्थित राजदूताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेको जानकारी समेत गराउनुभयो ।


संघका संस्थपक अध्यक्ष डा महतोले आफ्नो मुलुकमा आपत परेको बेलामा जहिले पनि गैरआवासीय नेपालीहरुले सहयोग गरेको र भविष्यमा पनि गरिरहने बताउनुभयो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठीले  उक्त सिलिण्डर आवश्यकता अनुसार लुम्बिनी प्रदेशमा– २०० थान, सुदुर पश्चिम प्रदेश– १०० थान, कर्णाली प्रदेश १०० थान, प्रदेश नं २ – ८५ थान र गण्डकी प्रदेशलाई ७५ थान वितरण गर्न निर्देशन दिनुभयो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.