Powered by Blogger.
सिंगटी हाइड्रोको आइपिओ निष्काशन, दोलखाको कुन पालिकाका जनताले दिन पाँउछन आवेदन ?


काठमाडौं । सिंगटी हाइड्रो इनर्जी स्थानीय बासिन्दाको लागि साधारण सेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले आज (माघ ४ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ निष्काशन गरेको हो । 


उक्त आईपीओमा माघ १८ गतेसम्म आवेदन दिन पाइने छ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन ३ गतेसम्म समय रहेको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने छ । 

स्थानीयले प्रतिसेयर १०० रुपैयाँको दरले १४ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिञ्चोक गाउँपालिकाका रहेका छन् । उक्त पालिकाका स्थानीयले आवेदन दिन पाउने छन् । 


आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग दिइको छ । यसको बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । 


यस कम्पनीले २५ मेगावट क्षमताको जलविद्युत आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ । आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २२ करोड रहेको छ । 


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.