Powered by Blogger.
माथिल्लो तामाकोशी भदौसम्म राष्ट्रिय प्रशारण लाइनमा जोडिन्छः मन्त्री पुन

काठमाडौं । उर्जा मन्त्री वर्षमान पुनले माथिल्लो तामोकोशी जलविद्युत आयोजना भदौमा राष्ट्रिय प्रशारण लाइनमा जोडिने बताएका छन् । विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै यस्तो बताएका हुन् ।

उक्त आयोजना चालु आर्थिक वर्षमा नै सम्पन्न हुने भने पनि विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण निर्धारित समयमा आयोजना सम्पन्न हुन नसकेको बताए ।

उनले विद्युत उत्पादन जडित क्षमता हाल १३८६ मेगावाट पुगेको र आगामी आवमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना, निर्माणधिन रसुवागढी रसुवागढी, माथिल्लो सान्जेन, माथिल्लो भोटेकोशी सहित १३ सय मेगावाट राष्ट्रिय प्रशारणमा थपिने बताए ।

विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्रीले यस्तो बताएका हुन । चालु आवमा सक्ने भनेपनि भदौ महिनामा नै माथिल्लो तामाकोशी राष्ट्रिय प्रशारण लाइनमा आउने बताए । अर्को वर्ष ५० वटा चार्जिङ स्टेशन बनाउने र त्यसको लागि विद्युत प्राधिकरणले काम गर्ने बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.