Powered by Blogger.
काँग्रेसले जितेको बिगु गाँउपालिकामा प्रदेश सरकारले २ वर्षदेखि बजेट दिएनः सांसद लामा

काठमाडौं । नेपाली काँग्रेसका सांसद जिपछिरिङ लामाले दोलखा जिल्लाको बिगु गाँउपालिकामा अहिलेसम्म प्रदेश सरकारले बजेट नदिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसद लामाले प्रदेश सरकारले दुई आर्थिक वर्ष यता बिगु गाँउपालिकामा काँग्रेसले जितेको ठाँउमा बजेट नदिएको दाबी गरे ।

काँग्रेसले जितेका वडामा कम्यूनिष्टको सरकारले बहुमतको आधारमा बजेट नदिएको उनको भनाई छ । उनीहरुले दुःख दिएको र विकास निर्माण जस्तो साझा काममा पनि पेलिएको उनको भनाई छ ।

जिल्लामा २ वटा नगरपालिका र ७ वटा नगरपालिकासहित ९ वटा सरकार रहेको उनको भनाई छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.