Powered by Blogger.
शंकर बस्नेतको नेतृत्वमा शारदा मावि पूर्व विद्यार्थी समाज गठन


काठमाडौं । शारदा माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले विद्यालयका हितका लागि भन्दै पूर्व विद्यार्थी समाज गठन गरेका छन् । 

दोलखा जिल्ला शैलुङ गाउँपालिका–८ भैसे स्थित शारदा माविका पूर्व विद्यार्थीहरुले समाजको गठन गरेका छन् ।  शनिबार राजधानीमा आयोजित कार्यक्रममा शंकर बस्नेतको नेतृत्वमा तदर्थ समिति गठन भएको छ । 

१५ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा प्रविन थपलिया, सचिव निकेश खत्री, कोषध्यक्ष राधिका जिसी, सह–सचिव सरस्वती बस्नेत रहेक छन् । यस्तै सदस्यहरुमा फूर्वा लामा, राजेन्द्र बस्नेत, सौगात तामाङ, लिला बहाद’र खत्री, रबिन श्रेष्ठ, निमा सङ्गे तामाङ, सावित्रा कार्की, शेर बहाद’र बिक, सरिस्मा बस्नेत र विमला थापा रहेका छन् । 

आयोजित कार्यक्रममा विद्यालयका सह–प्राध्यापक वेदराज शिवाकोटी विद्यालको शैक्षिक प्रणालीको गुणात्मक सुधारमा समाजलाई भूमिका खेल्न सुझाव दिएका छन् ।   उनले भने ‘तपाई हरुलाई श्री शारदा माविले जन्माएको हो, संसारमा सबै भन्दा प्यारो लाग्ने भनेको आफूलाई जन्म दिने नै, चाहे आमा हुनुहोस यात विद्यालय नै किन नहोस, यसको विकासमा तपाईहरुको सहयोग हुन आवश्यक छ ।’ 

कार्यक्रममा सह प्राध्यापक शिवाकोटीले आफु सुनखानिमा जन्मिए पनि शैलुङ गाउँपालिका र श्री शारदा माविले मागा गरेको जानकारी गराउँदै आगामी दिनमा उक्त विद्यालयलाई माया गर्ने जिम्मा पूर्व विद्यार्थीहरको काँधमा पनि रहेको धारणा राखे । शिवाकोटीले भने ‘श्री शारदा मावि विकास गर्ने जिम्मेवारी तपाईंको हो, शारदा माविको शिक्षाको विकासमा लाग्नु होस, त्यहाँ अहिले भएको भन्दा थप के नयाँ गर्न सक्नुहुन्छ, त्यसमा लाग्नुहोस, ताकी त्यहाँका विद्यार्थीले भोली झन राम्रो शिक्षा लिन सकुन ।’ 


कार्यक्रममा विद्यालयका शिक्षक धन बहादुर तामाङले विद्यालय र विद्यार्थीको हितमा हुने काम गर्न समजलाई शुभकामना दिएका छन् । 

तदर्थ समितिका अध्यक्ष बस्नेतले शारदा माविका  पूर्ब विद्यार्थीहरुलाई समाजमा समावेश गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले आफू जन्मेको भुमी, आफुले पढेको विद्यालयका शिक्षक र त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मार्ग निर्देशनको काम गर्ने समेत प्रतिबद्धता जनाएका छन् । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.