Powered by Blogger.
दोलखामा फिल्मसिटी बन्छ, काम सुरु गर्नुस्ः मुख्यमन्त्री पौडेल

दोलखा । प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले दोलखामा फिल्म सिटी बनाउने उद्घोष गरेका छन् ।  उनले भने ‘फिल्मसिटी बनाउनका लागि काम सुरु गर्नुस् प्रदेश सरकारले सहयोग गर्छ ।’

पौडेलले दोलखाको बिकाशमा प्रदेश सरकारले विभिन्न योजना बनाईरहेको जानकारी गराए । दोलखाको भिमेश्वर नगरपालिकाको २३ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पौडेलले यस्तो बताएका हुन ।

उनले आगामी दिनमा योजना बनाउँदा आवश्यकतालाई प्राथमिकता दिनु पर्ने र काम गर्ने शैली पनि परिबर्तन गर्नुपर्ने बताए । बिगतका शैलीले काम गर्न अप्ठ्यारो भएकोले पनि अब परिबर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले प्रदेश सरकार यो परम्पराबाट मुक्त हुने बताए । उनले भने,‘परिबर्तन आफैंबाट गर्नुपर्छ, यसको सुरुवात प्रदेश सरकारले सुरु गरिसकेको छ ।’

पौडेलले प्रदेशका १३ वटा जिल्लाहरुलाई समान व्यवहार गर्ने बताउँदै समान विकासको अबसर प्रदान गर्ने बताए । प्रदेशले स्थानिय स्तरमा छलफल गरेर आवश्यकता अनुसार विकाशका योजना तयार गर्ने पनि जानकारी दिए । विगतमा हचुवाका भरमा बजेट विनियोजन गरेको भन्दै अब छलफल गरेर परिणाम दिने क्षेत्रमा मात्र लगानी गर्ने जानकारी गराए । नेपालमा कृषिको धेरै सम्भावना रहेपनि अधिकाँश खेतबारी बाँझो रहेको भन्दै यसलाई अधिकतम प्रयोगमा ल्याउनुपर्ने उनको भनाई छ ।

उनले अहिले प्रदेशमा कर्मचारी पर्याप्त नभएपनि सकेसम्म धेरै काम गरिरहेको उनको भनाई थियो । उनले भने, ‘६० प्रतिशत कर्मचारी छैनन्, ४० प्रतिशत कर्मचारीका भरमा हामीले काम गरिहेका छौं ।’

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.