Powered by Blogger.
हिमाल दोलखा हाइड्रोपावरले ७८ लाख कित्ता सेयर जारी गर्ने

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले स्यानीय र सर्वसाधारणका लागि ७८ लाख कित्ता साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।

आईपीओ बिक्रीका लगि हाइड्रोपावर कम्पनीले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १६ लाख र सर्वसाधारणलाई ६२ लाख कित्तासहित ७८ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको बोर्डले जनाएको  छ ।

आइपीओमा ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक रहेको छ । बोर्डको अनुमति पछि मात्र सेयर बिक्री हुने छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.