Powered by Blogger.
इलाका स्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता तीन नम्बर विजयी

काठमाडौं । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले  आयोजना गरेको इलाका स्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै पार्टी सचिब योगेश भट्टराई खेलको विकासका लागि सबै एक हुनपर्नेमा जोड दिनु भयो । 

खेलकुदले देशको शानलाई उच्च राख्न सहयोग पूग्ने भन्दै सबै खेलाडीलाई उच्च मनोबालका साथ खेल खेल्न आग्रह गर्नु भयो ।

कार्यक्रममा एमाले केन्दीय कमिटी सदस्य तथा सांसद पार्बत गुरुङ, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा १२ टिम सहभागी रहेका थिए ।

प्रतियोगितामा इलाका नम्बर तीनले पहिलो स्थान हासिल गरेर २५ हजार रुपैयाँ हात पारेको छ । यस्तै इलाका नम्बर नौ ले  दोस्रो भएर  १५ हजार रुपैयाँ तेस्रो हुने इलाका नम्बर पाँच ले १० हजार रुपैयाँ हात पारेको सम्पर्क मञ्चका सचिव हरिहर कार्कीले बताए ।


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.