Powered by Blogger.
माओवादी केन्द्रको भिमेश्वर नगर कमिटी एमालेमा विलय

दोलखा, १८ माघ । दोलखा जिल्लामा माओवादी केन्द्रको भिमेश्वर नगर कमिटी एमालेमा विलय भएको छ ।

मंगलबार दोलखामा सत्तारुढ नेकपा (माओवादी केन्द्र)को नगर कमिटी एमालेमा विलय भएको हो । 

श्रीकृष्ण बस्नेतले नेतृत्व गरेको नगर कमिटीलाई एमाले नेता एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेल र युवा संघ केन्द्रिय सचिव परशुराम बस्नेतले स्वागत गरेका हुन् ।

‘अब देशैभरी माओवादी केन्द्र एमालेमा विलय हुन्छ’ नेता पोखरेलले भने, ‘अब देशभक्त नेपाली सबै एमाले हुनेछन् ।’

माओबादीहरु बिस्तारै एमालेमा विलय हुने भएकाले त्यसको सुरुवात दोलखास्थित भिमेश्वर नगर कमिटीबाट सुरु भएको उनको भनाई छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.