Powered by Blogger.
छ सय ५० मेगावाटको तामाकोसी तेस्रो स्वदेशी लगानीमा निर्माण गर्न छलफल

काठमाडौं, ११ पुस । ६ सय ५० मेगावाटको तामाकोसी तेस्रो जलविद्युत् आयोजना स्वदेशी लगानीमा बनाउने विषयमा छलफल सुरु भएको छ ।

नर्वेजियन कम्पनी स्ट्याट क्राफ्टले तामाकोसी तेस्रो जलविद्युत् आयोजनाबाट हात झिकेपछि बोर्डले स्वदेशी लगानीको विकल्पबारे छलफल सुरु गरेको जनाएको छ । 

कुल ६ सय ५० मेगावाट क्षमताको आयोजना स्थानीय लगानीकर्ता, प्रभावित क्षेत्रका बासिन्दालाई सेयर दिएर स्वदेशी लगानीमै बनाउन सकिन्छ कि भनेर हामीले छलफल सुरु भएको हो ।

स्वदेशी लगानीबारेमा बोर्डले आगामी बैठकपछि प्रक्रिया अगाडि बढ्ने जनाएको छ । लगभग एक खर्ब ११ अर्ब लागत रहेको आयोजना दोलखा र रामेछाप जिल्लाको सिमाना नजिक रहेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.