Powered by Blogger.
स्थानीय तहको सिमा संख्या निर्धारण गर्दा थामी स्वायत्त क्षेत्र राख्न माग



दोलखा, २४ कात्तिक । स्थानीय तहको सिमा संख्या निर्धारणका विषयमा विरोध सुरु हुन थालेको छ । 

पछिल्लो समयमा आयोग र जिल्ला प्राविधिक समितिहरुले थामी समुदायको भूमिलाई टुक्र्याएर पहिचान र अस्तित्व मेटाउने खोजेको भन्दै नेपाल थामी समाजले विरोध गरेको छ । 

समाजका साथै थामी स्वायत्त क्षेत्र सरोकार तथा संयुक्त संघर्ष समितिले पनि असन्तुष्टी जनाएको छ । उनीहरुले संयुक्त विज्ञप्ती निकाल्दै स्थानीय तह पुर्नसंरचनाको निर्णय तत्काल सच्याउन आग्रह गर्दै थामी स्वायत्त क्षेत्र सुनिश्चित गर्न माग गरेका छन् ।

स्थानीय तह पुर्नसंरचनाको क्रममा थामी स्वायत्त क्षेत्र सुनिश्चित गर्नका लागि यस अघि नै माग गर्दै आएपनि आफुहरुको मागलाई बेवस्था गरी थामी समुदायको पहिचान मेटाउने षडयन्त्र भएको र यस्ता दुर्भाग्य पुर्ण निर्णयहरु सच्याएर सही, वस्तुवादी र बैज्ञानिक निर्णय गर्न समेत माग गरेका छन् । 

एउटा गाउँपालिका भित्र थामी समुदायका लागि संरक्षित क्षेत्र प्रस्ताव गर्ने र थामी वाहुल्य भएको भूमिलाई खारेज गरीनु बेईमानी र गैरजिम्मेवारीपूर्ण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.