Powered by Blogger.
११ मेघावाट क्षमताको तल्लो खारेखोला हाइड्रोमा लगानीको अबसर

काठमाडौं, १९ असार । दोलखाको सुरी, चंखु र खारे गाबिसमा ११ मेघावाट क्षमताको तल्लो खारे खोला जलबिद्युत आयोजना बन्ने भएको छ ।

युनिभर्सल पावर कम्पनीले सेयर खुला रहेको जनाएको छ । २ अर्व ४ करोड रुपैंयाको लागतमा निर्माण गर्न लागिएको जलविद्युत आयोजनाको तीन वर्ष भित्रमा निर्माण पुरा गर्ने लक्ष राखिएको छ । कम्पनीको सेयर खरिद गर्नका लागि कम्तीमा एक लाख रुपैंया लगानी गर्नुपर्ने छ ।

वार्षिक ७.५ प्रतिशतका दरले निर्माणकै अवधिमा सेयर प्रतिफलको रुपमा दिईने कम्पनीले जनाएको छ । कम्पनीमा लगानी गर्न चाहनेले असार महिना भित्रै लगानी गरिसक्नु पर्ने कम्पनीले जनाएको छ । लगानीकर्ताका जिज्ञासालाई कम्पनीका बित्त व्यबस्थापक श्याम खड्काले कम्पनी र कम्पनीले अगाडी सारेका जलबिद्युत आयोजनाको बारेमा जानकारी गराए । 
स्रोत: अनलाइनखबर डटकम

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.