Powered by Blogger.
जलविद्युतमा लगानी गर्दा प्रतिफल ढिलो आँउछ, कृषि र होटेलमा लगानी गर्नुः पर्यटन मन्त्री पोखरेल

दोलखा, १९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले कृषि र होटेल क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् ।

सदरमुकाम चरीकोटमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल इपानले आयोजना गरेको कार्यक्रममा उनले जलविद्युत्मा लगानी गर्दा ढिलो मुनाफा आउने भएकाले व्यावसायिक कृषिमा लगानी गरे छिटो नाफा लिन सकिने बताए । उनले जलविद्युतमा लगानी गर्न गरिब जनताले नसक्ने भएकाले कृषि पर्यटनतर्फ अघि बढ्न आग्रह गरे । 

उनले जलविद्युतबाट ४ देखि ६ वर्ष सम्ममा पनि मुनाफा नआउने भएकाले त्यो अवधिसम्म कुर्न कृषकलाई समस्या हुने भएकाले पनि तामाकोसी आयोजनाको सेयर तत्काल नखोलिएको स्पष्ट पारे । कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् सांसद पशुपति चौलागार्इंले विद्युत्मा लगानी गर्न आउने लगानीकर्ता नाफा 732कमाउनका लागि आउने भएकाले उनीहरुलाई सहमति दिँदा धेरै विषयमा सोचेर दिन आवश्यक रहेको बताए । 

एमालेका केन्द्रीय सदस्य एवम् सांसद पार्वत गुरुङले विद्युत्मा लगानी गर्ने लगानीकर्ताको कारण दोलखाको जलविद्युत् आयोजना धराशायी बनेको बताए । इपानका अध्यक्ष खड्गबहादुर विष्टले मुलुकको परिवर्तन जलविद्युत् क्षेत्रले मात्रै गर्न सक्ने जिकिर गरे ।

स्रोत लाइटनेपाल डटकम

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.