Powered by Blogger.
दोलखामा जम्मा २ हजार भूकम्पपीडितले मात्र अनुदान पाए

काठमाडौं, ३१ जेठ । सरकारले पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेर निजी घर निर्माणलाई तीव्रता दिएको बताइरहेका बेला अहिलेसम्म २ हजार भूकम्पपीडितले मात्र अनुदान पाएका छन् ।

गत ३० फागुनमा दोलखाको सिँगटीबाट निजी घरका लागि अनुदान सम्झौता सुरु गरे पनि ३० जेठसम्म २ हजार ४ जना भूकम्पपीडितले पहिलो किस्ताको अनुदान पाएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

तीव्र गतिमा निजी घर पुर्ननिर्माण गर्ने सरकारले बताइरहेको बेला तीन महिनाको अवधिमा यति थोरै पीडितसँग मात्र पहिलो किस्तामा दिइने ५० हजार अनुदानको सम्झौता भएको हो ।

मन्त्रालयका सह–सचिव एवं प्रवक्ता रश्मीराज पाण्डेका अनुसार, ७२ हजार १ सय ४५ जनासग अनुदान सम्झौता भएकामा तीन जिल्लाका २ हजार ४ जनाले मात्र अनुदानको रकम पाएको राजधानी दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.