Powered by Blogger.
सहकारीले तिर्ने कर सहकारी क्षेत्रको विकासमा खर्चनु पर्छः चौलागाई

दोलखा, २९ जेठ । जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले सहकारी संस्थाले तिर्ने कर राज्यले सहकारी क्षेत्रको विकासमा नै खर्चिनु पर्ने बताए । 

जिल्ला सहकारी संघ दोलखाको आयोजनामा संञ्चालन भएको एक दिने सहकारीमा कर प्रणालि सम्बिन्धि तालिममा यस्तो बताएका हुन् । सम्पन्न तालिम कार्यक्रममा दोलखा जिल्लाका ३० वटा सहकारी संस्थाका कार्यकारी प्रमुख एंव व्यवस्थापकहरुको सहभागिता रहेको थियो । 

तालिम उद्घाटन कार्यक्रममा डिभिजन सहकारी कार्यालय दोलखाका कामु सहकारी अधिकृत नरहरी पोखरेल जिल्ला सहकारी संघ दोलखाका महासचिव देवि प्रसाद शर्मा लगाएतले मन्तव्य राखेका थिए । जिल्ला सहकारी संघ दोलखाले सहकारी विकास र प्रबद्धनको लागि विभिन्न समयमा तालिम तथा विभिन्न कार्यक्रम गरिरहेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.