Powered by Blogger.
भूकम्प प्रभावित जिल्लामा वितरण अनुदान बापतको सेवा शुल्क विवाद मिल्यो

काठमाडौं, २६ जेठ । भूकम्प प्रभावित जिल्लामा सरकारले वितरण गर्न लागेको पैसामा बैंक तथा वित्तिय संस्थलाई दिने सेवाशुल्क विवाद अन्त्य भएको छ । 

विगत दुई महिनादेखी जारी बैंकर्स संघ र पुननिर्माण प्राधिकरणको कुरा नमिल्दा भूकम्प पीडितहरुलाई बैंक तथा वित्तिय संस्थाले सरकारी पैसा उपलब्ध गराए बापत पाउने सेवाशुल्कको कुरा मिल्न सकेको थिएन । बुधबार यो विवाद मिलेको हो । संघले पीडितलाई पैसा उपलब्ध गराएबापत प्रति व्यक्ति एक हजार ५० माग गरेको थियो । संघ र प्राधिकरणबीच पटक–पटक भएको छलफल पछि दुई सय २५ रुपैयाँ र तीन सय २५ रुपैयाँ लिने÷दिने विषयमा समझदारी भएको हो । 

प्राधिकरणका सह– प्रवक्ता भिष्म भुसालले भने ‘बैंक तथा वित्तिय संस्थाले पाउने सेवा शुल्कको विषयमा सझदारी भएर पहिलो किस्ता बापतको अनुदान रकम वितरण गर्दा प्रथम पक्षले प्रति ग्राहक दुई सय २५ रुपैयाँ र डेबिट कार्ड उपलब्ध गराएमा तीन सय २५ रुपैयाँ सम्बन्धीन बैंक तथा वित्तिय संस्थालाई दिइनेछ ।’ यसका लागि ५८ वटा बैंक तथा वित्तिय संस्थासँग सम्झौता भएको छ । बिहीबार बनेपाको पब्लिक डेभलपमेन्ट बैंकसँग सम्झौता हुने छ त्यो सहित ५८ वटा बैंक तथा वित्तिय संस्थासँग सम्झौता हुने डा. भुसालले बताए । 

पुननिर्माणका लागि भूकम्प प्रभावित सबै जिल्लामा १८ अर्ब रुपैयाँ विनियोजन गरेको भुसालको भनाई छ । 
बैंक तथा वित्तिय संस्थाले भूकम्प पीढितलाई आवास निर्माणका लागि रकम उपलब्ध गराँउदा सदरमुकाममा रहेका बैंकको प्रत्येक शाखामा दैनिक न्यूनतम ५० र सदरमुकाम बाहिर रहेका शाखाबाट दैनिक न्यूनतम २० जनलाई निशुल्क रकम भुक्तानी गर्नु पर्ने सम्झौतामा उल्लेख छ ।  

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.