Powered by Blogger.
दोलखाका जनतालाई नचिन्ने यो सरकार...


दोलखा, १ असार । सरकारले आफ्नै जनता पनि चिन्न छाडेको पाइएको छ । मालिकले सुगालाई आदेश दिएपछि ‘गोपी कृष्ण...’ भनेकै शैलीमा दाताहरुले आदेशपछि सरकार धमाधम भूकम्पपीडितलाई नक्कली पगरी गुथाएर पीडामाथि झन् पीडा दिन उद्यत देखिएको छ ।

प्रसंग दोलखा जिल्लाका भूकम्पपीडितको हो । भूकम्पपीडित कार्ड वितरण गर्ने र आफैले कार्ड वितरण गरेको व्यक्तिलाई नक्कली भूकम्पपीडितको आरोप लगाउने सरकारी रवैयाप्रति अहिले स्थानीय पीडितहरु आक्रोशित समेत भएका छन् ।

आफै कार्ड वितरण गर्ने, आफै नक्कली भूकम्पपीडितको नगुनासो समेत सुन्ने सरकारी रवैया लाजमर्दौ देखिएको नेपाली कांग्रेस दोलखाका पूर्वसभापति ताराबहादुर कोइरालाले बताए ।

दोलखा जिल्लामा गाविसमार्फत ८० हजार ७ सय ११ घरधुरीले भूकम्पपीडित परिचयपत्र लिएर सरकारले दिएको १० हजार र १५ हजारसमेत प्राप्त गरिसकेका छन् ।

उक्त विवरण अविश्वसनीय रहेको भन्दो दाताले प्रश्न उठाएपछि भूकम्प प्रभावित सवै जिल्लामा सरकारले केन्द्रीय तथ्यांक विभागमार्फत तथ्यांक संकलन गर्न लगाएको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.