Powered by Blogger.
मधुकुमार कार्कीको अध्यक्षतामा जिरी नगर उद्योग वाणिज्य संघको तदर्थ समिति गठन, कार्की प्यानलको वर्चश्व

चन्द्र खडका
जिरी, २७ चैत । जिरी नगर उद्योग वाणिज्य संघको तदर्थ समितिको लागि भएको निर्वाचनमा मधुकुमार कार्की भारी मतले विजयी भएका छन् । चैत्र २६ गते भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उम्मेदवार भूमीराज खड्कालाई ४० मतले पछि पार्दै कार्की कार्की विजयी भएका हुन् । 

अध्यक्ष कार्कीले आफुलाई मत दिएर विजयी गराउने सम्पूर्ण जिरीका व्यवासायी, सहयोगी एवम् शुभचिन्तकहरुलाई धन्यवाद प्रकट गरेका छन् । उनले जिरी नगर उद्योग वाणिज्य संघ निर्माणमा आफ्नो कार्यकाल केन्द्रित रहने बताएका छन् । 

दोलखा उद्योग वाणिज्य संघ जिरी शाखाको १५ औं वार्षिक साधारण सभा पछि जिरी शाखालाई नगर उद्योग वाणिज्य संघ बनाउनका लागि सहमति हुन नसके पछि मधुकुमार कार्की र भूमिराज खड्काको छुट्टछुटै प्यानल दर्ता गरी निर्वाचन भएको थियो । दोलखा उद्योग वाणिज्य संघ जिरी शाखामा २ सय ५४ जना सदस्य रहेकोमा २ सय १५ मत खसेको थियो । २ सय १५ मत मा १ मत बदर भएको थियो भने २ सय १४ मतमा अध्यक्ष पदका उम्मेदवार मधुकुमार कार्कीको पक्षमा १ सय २७ मत अर्थत ५९.३४ प्रतिशत मत खसेको थियो । त्यस्तै अर्का अध्यक्ष पदका उम्मेदवार भूमिराज खड्काको पक्षमा ८७ मत अर्थत ४०.६५ मत मात्र खसेको थियो । 
१५ सदस्यको लागि भएको निर्वाचनमा १३ जना मधुकुमार कार्कीको प्यानलबाट विजयी भएका छन् । भूमीराज खड्काको प्यानलबाट महासचिवमा र एक सदस्यमा गरी दुई जना  उम्मेदवार मात्र विजयी भएका छन् । यी दुई पद बाहेक बाँकी सबै पदमा मधुकुमार कार्कीको प्यालन विजयी भएको हो । प्रथम उपध्यक्ष पदमा प्रेमबहादुर खत्रीलाई  गेल्बु शेर्पाले ३६ मतले पछि पार्दै विजयी भएका छन् । गेल्बु शेर्पाको १ सय २० मत खसेको थियो । 

त्यस्तै दित्तिय उपध्यक्षको लागि वाङछु शेर्पा र निमछिरी शेर्पा चुनावि मैदानमा होमिएका थिए । वाङछु शेर्पाले निमाछिरी शेर्पालाई ७८ मत अन्तरले पछि पार्दै विजयी भएका छन् । वाङछु शेर्पाको १ सय ३६ मत खसेको थियो भने निमाछिरी शेर्पाको ५८ मत मात्र खसेको थियो । त्यस्तै महासचिव पदमा देवलाल श्रेष्ठले झपर बहादुर योगी (जनक)लाई ३७ मत अन्तरले पछि पारेर विजयी भएका छन् । 

महासचिव देवलालको १ सय २० मत खसेको थियो भने झपर बहादुरको ८३ मत मात्र खसेको थियो । सचिवमा रमेश वस्नेत विजयी भएका छन् । उनको प्रत्यासी दलबहादुर श्रेष्ठ (डि.वि.) लाई १८ मत अन्तरले मात्र पछि पारेर विजयी भएका हुन् । विजयी रमेश बस्नेतको १ सय ६ मत खसेको थियो भने दलबहादुर श्रेष्ठको ८८ मत खसेको थियो । कोषध्यक्ष पदका लागि बाबुराजा श्रेष्ठ र राधाकृष्ण श्रेष्ठको उम्मेदवारी परेकोमा बाबुराजा श्रेष्ठले १ सय ६ मत ल्याएर विजयी भएका छन् । राधाकृष्ण श्रेष्ठको ९० मत खसेको थियो । 

त्यस्तै सदस्यहरुमा ओलकबहादुर काफ्ले, कृष्णबहादुर कार्की , कृष्णबहादुर कार्की (कालु), पदेमान जिरेल, सिवस कुमार बस्नेत (रिषी), दोर्जी शेर्पा (सञ्जु), ज्ञानबहादुर कार्की लिलाबहादुर खत्री (तुलबहादुर) र काशीबहादुर खड्का ( बिरबहादुर) विजयी भएका छन् ।  महिला सदस्यहरुमा प्यामादिकु शेर्पा र हिमकुमारी बस्नेत विजयी भएका छन् । दुवै महिला सदस्य मधुकुमार कार्कीको प्यानबाट उम्मेदवारी दिएका थिए । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.