Powered by Blogger.
भरुवा बन्दुक र मृगको छालासहित बाबरेमा दलबहादुर प्रहरी नियन्त्रणमा

दोलखा, २७ चैत । दोलखा जिल्ला बाबरे २ का ५२ वर्षीय दलबहादुर थामीलाई २ थान अवैध भरुवा बन्दुक र ताजा मृगको छाला थान १ सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

थामीले  अवैध घरेलु हतियार प्रयोग गरि चोरी शिकारी गरेकाले प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । हाल उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.